२० आश्विन २०७५, शनिबार
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्रहरी नायब उपरीक्षक (डिएसपी) घुससहित रंगेहात पक्राउ गरेको छ ।
सेवाग्राहीसँग घुस लिँदालिँदै आज शनिबार महानगरीय प्रहरी वत्त, बौद्धका प्रमुख प्रहरी (डिएसपी) श्यामकुमार राई घुससहित रंगेहात पक्राउ परेका  हुन् । डिएसपी राईमाथि बौद्ध क्षेत्रमा व्यापारीहरूबाट रकम असुली गरेर आतंक मच्चाएको उजुरी परेको थियो ।
पटकपटक डिएसपी राइलार्इ सुध्रिन मौका दिए पनि रकम असुली गर्न नछोडेपछि उनी अख्तियारको फन्दामा परेका हुन् ।

LIVE TV