२० आश्विन २०७५, शनिबार

काठमाडौं, २० असोज । सल्यानका केशवहादुर खत्री, राहदानी नविकरण गर्न काठमाडौं आएका उनि कहिल्यै नदेखेको डान्सबारबाट लुटिएका छन् । सस्तो होटल खोज्दै घण्टाघर नजिक हिँडिरहेको उनलाई केहि व्यक्तिले सस्तो र राम्रो होटल भएको भन्दै घण्टाघर नजिकको डान्स बार लगेर धम्क्याउँदै साथमा भएको ५ हजार रुपैया लुटे । एक गिलास जुस जवरजस्ती खुवाए र त्यसको बिल ५ हजार भएको भन्दै पैसा लिए ।

आफ्नो पैसा जवरजस्ती लुटिएपछि उनि घण्टाघर अघि ड्युटीमा रहेका प्रहरीलाई लुटिएको गुनासो गरे तर उल्टो ती प्रहरीले आफुले केहि गर्न नमिल्ने भन्दै उन्लाई घर जान सुझाव दिए ।

आफ्नो पैसा लुटिएको पिरले उनले त्यो रात त्यही सडकमा काट्ने भनि सडक छेउमा निदाए तर प्रहरीले त्यहा पनि उनलाई सुत्न दिएन र लखेट्यो । रेष्टुरेन्ट सञ्चालकलाई प्रहरीले केही नगर्ने बुझेपछि उनि हाम्रो कार्यालय आए ।

हामीले घटना बारे दरवारमार्गका डिएसपी दानबहादुर मल्ललाई यसबारे जानकारी गरायौं । फोनमा डिएसपी मल्लले चासो देखाएपनि व्यवहारमा खुलेआम लुट्ने व्यक्तिहरुलाई कार्वाही गर्न सकेनन् ।

बरु हामीले खोजेको जानकारी पाएपछि रेष्टुरेन्ट सञ्चालक क्षीतिज लामा हाम्रो कार्यालयमा आई आफ्नो स्टाफहरुबाट गल्ती भएको भन्दै उनिहरुको तर्फबाट माफी माग्दै केशवहादुर खत्रीको पैसा फिर्ता गरिदिए ।

शहरमा दिन दहाडै एक सोझो गरिब नेपाली लुटिन्छन् । लुट्नेहरु आफ्नो गल्ती भएको भन्दै माफी मागेर पैसा फिर्ता पनि गर्छन् । तर शान्ति सुरक्षाको जिम्मा लिएको प्रहरी भने न लुटिनेलाई सहयोग गर्छ न लुट्नेलाई कारवाही नै ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV