२० आश्विन २०७५, शनिबार

कुनै पनि हिसाबले पाकिस्तान भन्ने देश उदाहरण दिइने देश होइन । राजनीतिक, सामाजिक, आर्थिक वा अन्य कुनै पनि विषयमा वाह! भन्न नसकिने पाकिस्तानले नयाँ प्रधानमन्त्रीका रुपमा इमरान खानलाई पाएदेखि पाकिस्तानलाई पनि वाह ! भन्नु पर्ने देखिदै आएको छ ।

आलिशान सरकारी भवन, अनगिन्ति सहयोगीहरु त्यागेर सानो घरमा बन्ने निर्णय, वाह ! दजर्नौ सरकारी गाडी लिलाम गरेर राष्ट्रको ढुकुटीमा पैसा राख्ने निर्णय, वाह ! जनतासँगै इकोनिमी क्लासमा देशका प्रधानमन्त्रीले हवाई यात्रा गर्ने निर्णय वाह !

जम्बो टोली बोकेर राष्ट्र संघीय महासभाको भाग लिन आँफु नगई विदेश मन्त्रीलाई पठाउने निर्णय, वाह ! आफ्नो देशमा रहेका आइनजिओहरुलाई ६० दिन भित्र देश छोड्ने अल्टीमेटम वाह वाह वाह ! प्रसंग आएनजीओ सम्बन्धी हो । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आफ्नो देशमा रहेका आइनजीओहरुलाई ६० दिन भित्र छोडेर जानु भनेर अल्टीमेटम दिएका छन् ।

सहयोग गरे झै गरी राष्ट्रको राजनीतिमा सामाजिक सदभावमा प्रत्यक्ष, अप्र्रत्यक्ष हस्तक्षेप गर्ने धेरै आएनजीओ छन् जसको चपाउने दाँत एउटा हुन्छ र देखाउने दाँत अर्कै हुन्छ । सामाजिक विभेद, स्वास्थ्य, शिक्षा, जस्ता बिषयमा सघाउन भनि छिरेका सबै हैन धेरै आएनजीओहरुको अधिकांश पैसा आफ्नै तलब, अपरेशन खर्च, गाडी, घर आदीमा खर्च हुन्छ । देशको सामाजिक सदभाव खलबल्याएर विभिन्न अभियन्ताहरुलाई तलब खुवाएर बोल्न, लेख्न लगाई आफ्नो दुनो सोझ्याउने आएनजीओहरु हाम्रो देशलाई सघाउने खालका होइनन्, सके जति चाडो देशबाट भगाउने खालका छन् ।

गरिबी, वेतिथी, विभेद, रहिरहे मात्र आएनजीओहरुको पसल चल्ने हो त्यसैले आफ्नो पसल चलाउन पनि यस्ता दुराशय भएका आएनजीओहरु आँफुले दुकान खोलेको देशमा शान्ती, स्थायीत्व, सम्मृद्धि किन चाहान्छन् होला त ? मानविय सहयोगका लागि केही ज्यादै प्रतिष्ठित र प्रमाणित संगठन र संस्थाहरु्रले चित्त दुखाउन पर्दैन, यो भनाई त्यस्ता प्रतिष्ठित र प्रमाणित अन्तराष्ट्रिय गैर सरकारी संघ संस्थासँग लक्षित छैन ।

खैरो छाला देख्ने वित्तिकै ठुलो दाता र समाजसेवी मान्नु पर्ने जरुरी छैन । सरकारले पुरा व्याकग्राउण्ड चेक नगरी, आय,व्यय अडिट रिर्पोट नहेरी, हरेक गतिविधीमा निगरानी नराखी आएनजीअरुलाई खुल्ला रुपमा छोड्न मिल्दैन ।

सहयोग, साहायतको जरुरत त पाकिस्तानलाई पनि छ नि । तर किन उसले ६० दिन भित्र छोडेर जान भन्यो ? एउटा अध्ययनले बताएको छ कि विश्वका गरीब देशहरुमा नै धेरै आएनजीहरु हुन्छन् । उदाहरणका लागि कङ्गो, मोजाम्बीक, युगाण्डा, हैटी, ताजकस्तान जस्ता देशमा धेरै आएनजीओहरु सक्रिय छन् । माफ गर्नुहोला, मैले भर्खरै नाम लिएका देशहरु सबै जसो हरितन्तम देशमा पर्छन् ।

यस हिसाबले यसो पनि भनौ कि आएनजीओ नै आएनजीओ भएको देश कहिले पनि उभो लाग्दैन । यो मरुभुमी होइन, रणभुमी होइन, भोकमरी, प्राकृतीक विनास, अभाव नै अभाव र संभावना शुन्य देश होइन । यो उर्भर भुमी हो, प्रकृतीको अथाह उर्जाले संसार सिञ्चिन सक्ने मुलुक हो । भाषा, भेष, कला, संस्कृती, भौगोलिक विविधता, प्राकृतिक सुन्दरता, मिलनसार मेहनती जनता भएको देश हो ।
यो देशको क्षमता, सम्भावना र महिमा अपार छन् । सम्यता र संस्कृतीको कुरा गर्ने हो भने पनि यो त्यस्तो देश हो जहाँबाट सभ्यता, शिक्षा, संस्कृती, कलाको प्रादुर्भाव भएको थियो । यो विश्व जो आज हामीलाई न्याय, विभेद, शान्ती, अहिंसा, शिक्षा, संस्कार सिकाउन खोज्दैछ नि, कोहीले बताइदेउ कि हामीलाई त्यही कुरा सिकाउने वा सघाउने नाममा डेरा नै जमाएर नबस यार ।

जतिबेला हामी सभ्यता, कला कौशलको अभ्यास गर्दै थियौँ, त्यती बेला तिम्रा देशहरु पत्ता पनि लागेका थिएनन् । दुख पर्दा केही सहयोग जरुर गरेका हौँ । धन्यवाद ! अझै पनि दुख परे सम्झिउला । हामी घर भित्रै बसेर केही आपसी विभेद र असमानतालाई समाप्त पार्न सरसल्लाह मात्रै गरिरहेका हौं । बाद विवादमा छौं, तर द्धन्द्धमा छेनौ । दुखका बेला मद्धत गरेको निहुँमा यही डेरा जमाएर हाम्रा केही लोभी पापी नेताहरु किनेर आफ्नो एजेण्डा हामीलाई नबोकाइदेउ ।

हामी आपसमा लड्दै लड्दैनौँ, तिम्रो दुकान नराम्ररी सुक्छ, फ्लप हुन्छ । धेरै सहयोग ग¥यौ, अब अर्को एउटा लाष्ट सहयोग गरिदेउ । मानविय सहयोग चोखो मनले गरिरहेका बाहेकका आएनजीओहरु हो, प्लिज अब गइदिएर सहयोग गरिदेउ ।

LIVE TV