२० आश्विन २०७५, शनिबार

राजनीतिक दलका नेताहरु आज दिनभर भाषणमा व्यस्त रहे । सत्तारुढ दल हुन वा प्रतिपक्ष दलका नेताहरु आ–आफ्ना तर्क राख्नमै व्यस्त रहे । सत्तारुढ सरकारको बचाउ गर्न तम्सिए भने प्रतिपक्षका नेताहरु विरोधमा ।

सत्तारुढ र प्रतिपक्षी दलका नेताहरु शनिवार दिनभर कुनै न कुनै कार्यक्रममा व्यस्त रहे । वालुवाटारमै पूर्वाञ्चल विश्वविद्यालयको २९ औं सभा बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरे । उनले सरकारको पूर्ण बचाउ गर्न भ्याए । ‘अब मुलुकले विकासको गति लिन्छ’ उनको भाषणको सार यही थियो । दक्ष जनशक्ति निर्माण लाग्न निर्देशन दिंदै उनले विकास निर्माणमा लाग्न सुझाए ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV