२० आश्विन २०७५, शनिबार

काठमाडौं । नेपाल वायुसेवा निगमले शनिबारदेखि लुक्लामा व्यवसायिक उडान शुरु गरेको छ । पाँच हजार रुपैयाँ मात्रै भाडा दिने गरी निगमले सेवा आरम्भ गरेको हो ।

नेपाल वायुसेवा निगमको चिनियाँ जहाजले शनिबारदेखि लुक्लाको तेन्जींङ हिलारी विमानस्थलमा व्यवसायिक उडान सुरु गरेको छ । निगमसँग भएको दुईवटा १७ सीटे जहाजले तीनवटा र एउटा १९ सिटे ट्विनअटर जहाजले एउटा उडान गर्ने निगमले जनाएको छ ।

ट्विन अटरबाट गरिने एउटा उडान डिले सेडुल अन्तर्गत रहेको र चिनियाँ जहाजबाट एउटा सेडुल फ्लाइट र दुईवटा चार्टर फ्लाइट गर्ने योजना रहेको निगमले जनाएको छ । नेपालीका लागि एकतर्फी उडान पाँच हजार एक सय पाँच रुपैयाँ रहेको र विदेशीको लागि एकतर्फी उडान शुल्क एक सय ५१ डलर रहेको छ ।

निगमले सोमबार नेपाल नागरिक उड्डयन प्राधिकरणलाई विवरण पेश गरिसकेपछि प्राधिकरणले बिहीबार उडान अनुमति पत्र पठाएको थियो । निगमले गत मंगलबार लुक्लाको तेन्जिङ हिलारी विमानस्थलमा सफल परिक्षण उडान गरेको थियो भने बुधबार हुम्लाको सिमीकोट, डोल्पाको जुफाल, मुगुको ताल्चा लगायत चारवटा विमानस्थलमा सफल उडान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV