२० आश्विन २०७५, शनिबार

अर्घाखाँची : अर्घाखाँचीको सनपामा शिलान्यास भएको विमानस्थलको डिपीआर अध्ययनको काम दुई वर्षपछि सुरु भएको छ ।

भगवती विमानस्थलको शिलान्यास भएको दुई वर्ष वितेको छ । बल्लतल्ल डिपीआरमा अध्ययन हुने भएपछि विमानस्थल बन्ने विश्वास गर्न थालिएकोछ । नेकपाका नेता एवं प्रतिनिधीसभा सांसद टोपबहादुर रायमाझीले ड्रोन क्यामेरा उडाएर परियोजनाको औपचारिक सुरुवात गर्नुभएको छ ।

रायमाझीले बिमानस्थल निर्माण भए ५ नम्वर प्रदेशको विकासमा ठूलो योगदान रहने बताउनुभयो । विमानस्थल आसपासका क्षेत्रमा भएका रुख कटानको काम भने सकिएको छ । विमानस्थ बन्ने भएपछि स्थानीयमा खुसी आएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV