२० आश्विन २०७५, शनिबार

काठमाडौं । अक्सर चलिआएको परम्परा हो, बिहेपछि दुलहीले दुलहाको घर जानुपर्छ । अर्थात आफ्नो जन्मथलो त्यागेर अर्को घरमा जानुपर्छ । तर, भारतको मेघालय राज्य भने यो परम्परालाई मान्दैन । बरु, ठीक विपरित यहाँ महिला पुरुषको घरमा नभएर पुरुष बिहे पछि महिलाको घर जाने गर्दछन् ।

भारत र बंगलादेशको सीमामा रहेको मेघालय राज्य अन्य राज्यको तुलनामा पृथक छ । खासी जनजाती यो ठाउँ विश्वका दुर्लभ समाजमध्ये एक हो , जहाँ महिलाको सत्ता चल्छ । यहाँको समाज, नीति नियम नारीप्रधान छ । यहाँ आमाबुवाको सम्पत्तिमा पनि छोरीको हक हुने गर्दछ र आमाबुबाको जिम्मेवारी पनि छोरीले नै सम्हाल्ने गर्दछन् ।

यहाँ सन्तान आफ्नो आमाको थर प्रयोग गर्छन । दाइजोका कारण धेरै आपराधिक घटना हुने भारतमा मेघालय मात्रै एउटा राजय हो, जहाँ दाईजो दिइदैन । त्यतिमात्र नभई यो राज्यमा विवाह पछि श्रीमानले आफ्नो घर छोडेर श्रिमतीको घरमा जीवन व्यतित गर्नुपर्नेछ । जब यहाँ घरमा छोरी जन्मिन्छ उत्सवको माहोल हुन्छ । यहाँका महिला शिक्षा, रोजगार लगायत सवै क्षेत्रमा पुरुषको तुलनामा अगाडि छन् ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV