२० आश्विन २०७५, शनिबार

लमजुङ। लमजुङमा गत भदौ अन्तिम साता आएको बाढी पहिरोबाट क्षति भएका परिवारलाई राहत संकलन थालिएको छ ।
मस्र्याङ्दी गाउँपालिकाको विभिन्न गाउँहरुमा बाढी पहिरोबाट प्रभावितका लागि सहयोग रकम संकलन शुरु भएको छ । स्थानिय शिलादेवी युवा क्लवको सक्रियतामा र काठमाडौंमा सांस्कृतिक साँझको आयोजना गरी रकम संकलन थालिएको हो ।

भदौं २७ गते आएको बाढी पहिरोले ५ जनाको ज्यान लियो भने दर्जनौंंलाई घरबारबिहिन बनाएको थियो । यो सँगै करोडौंको संरचना समेत ध्वस्त पारेको छ ।

मस्र्याङ्दी गाउँपालिकाको तरापुका अतिरुपा थापा, उनकी नातिनी सिरष थापा, अर्खलेबेसीका ललितमाया गुरुङ, श्रीचौरका विष्णुकली गुरुङ र अर्खले बेसीका राजु लामा भनिने तुलसीप्रसाद गुरुङको बाढीपहिरोमा परी मृत्यु भएको थियो । पीडितको सहयोगका लागि संकलन भएको रकम निजी आवास निर्माणमा खर्च गरिनेछ ।

बाढीग्रस्त क्षेत्र मस्र्याङ्दी गाउँपालिकामा १९ घरपरिवार विस्थापित भएका छन् भने ५१ घरमा आंशिक क्षति पुगेको छ ।

LIVE TV