२० आश्विन २०७५, शनिबार
  • अमर काफ्ले,

इनरुवा, २० असोज । मुलुककै पहिलो मानिएको रात्रिकालीन टी ट्वान्टी (T-20) क्रिकेट आजबाट इनरुवामा सुरु भएको छ ।
इनरुवा जेल मैदानमा यतिबेला औपचारिक उद्घाटन कार्यक्रम सुरु भएको छ ।

कार्यक्रममा इनरुवा नगरपालिका प्रमुख राजन मेहतासहित स्थानीय निकायका प्रमुख लगायत जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरुको उपस्थिती रहेको छ ।

खेल ७ बजे पश्चात सुरु हुने छ । आजको उद्घाटन खेल आयोजक फुलबारी क्रिकेट क्लब इनरुवा र बेलबारी क्रिकेट क्लबबीच हुँदै छ । काठमाडौं, बिराटनगर, धनगढी, झापा, सप्तरी, नेपाल प्रहरीसहित दश टिमको सहभागिता रहेको प्रतियोगिताको फाइलन भने २८ गते हुने छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV