२० आश्विन २०७५, शनिबार
  • शरद/प्रकाश सिग्देल,

भरतपुर । भरतपुरको बसपार्कमा ठेकेदार कम्पनीले मनोमानी ढंगले काम सुरु गरेको पाइएको छ । केही महिना अगाडि मात्रै ठेक्का पारेको एन के ईन्टरनेशनल कन्स्ट्रक्सन भरतपुरले अन्दाधुन्दरुपमा तोडफोड गरी होटल निमार्ण गर्न थालेको र भाडा पनि मनपरी तवरले बढाएको वसपार्कका व्यवसायीहरुको गुनासो छ । ठेकेदार पक्षले बसपार्कको संरक्षण र रेखदेखमा ध्यान दिदै आवश्यक कार्य गर्नु पर्नेमा मनपरी तवरबाट तोडफोड गरि कसरी नाफा कमाउन सकिन्छ भन्ने तर्फ मात्रै ठेकेदारले ध्यान दिएको यातायात ब्यवसायीहरु बताउछन् ।

ठेकेदारले बसपार्कको रेलिङ्ग फोडेर बाहिरबाट भ¥याङ हालेर बसपार्कको माथिल्लो तलामा होटल सञ्चालन गर्न थालेको भन्दै यातायात ब्यवसायी र होटल ब्यवसायीले बिरोध समेत जनाएका थिए । संरचनाको स्वरुप बिगारेर ठेकेदारले मनपरी गर्न थालेकाले त्यस्तो कार्यकाविरुद्ध आवाज उठाएको बसपार्क परिसरका स्थानीय बासिन्दा बिनोद सुबेदीले बताउनु भयो ।

लामो समयदेखि ब्यवसाय गर्नु भएकी सीता थापाले ठेकेदारले मनपरी भाडा बढाएको र सेवा सुविधा केही पनि केही नदिएको बताउनु भयो । त्यस्तै होटल सन्चालक नविना लामाले अहिलेको ठेकेदारले मनपरी गरेकाले व्यवसाय गर्न गाह्रो भएको बताउनु भयो । मुलुककै नमुना भनिएको वर्सपार्क ठेकेदारको लापरवाहीका कारण दिनानुदिन कुरुप बन्दै गएको छ ।

यस्तै बनेका संरचना समेत ध्वस्त बनेको उपभोक्ता अधिकार संरक्षण मञ्च चितवनका अध्यक्ष बिष्णु भुषालले बताउनु भयो । यता ठेकेदारका प्रतिनिधि शिवशंकर उप्रेतीले भने महानगरलाई पटक पटक जानकारी गराउदा पनि बसपार्क मर्मतमा ध्यान नदिएको जिकिर गर्नुभयो । ठेकेदारले वसपार्कलाई व्यवस्थित बनाउने भन्दा पनि संरचना बिगारेरै भएपनि नाफा कमाउने ध्याउन्नमा लागेको छ ।

बसपार्कको पिच सबै भत्किएर हिलाम्मे र धुलाम्मे हुने भएको छ भने त्यहाँका भौतिक संरचना निकै कुरुप बनेको छ । तर ठेकेदारले त्यसलाई मर्मत र सम्भारमा कुनै चासो दिएको छैन् ।

LIVE TV