२० आश्विन २०७५, शनिबार

काठमाडौं । पुर्वमन्त्री तथा नयाँ शक्ति पार्टीकी नेतृ कल्पना धमलाले महिला सांसद्हरुको राजीनामा माग गरेकी छन् ।

निर्मलाको लागि न्यााय अभियान भन्ने नारासहित आज काठमाडौंका भएको प्रदर्शनपछिको कोणसभालाई सम्बोधन गर्नेक्रममा यस्तो बताएकी हुन् ।

सरकारविरुद्ध आक्रामक रुपमा प्रस्तुत भएकी नयाँ शक्ति पार्टीकी नेतृ धमलाले आफ्नै छोरी चेलीको बलात्कार पछि हत्या हुँदा पनि चुइँक्क नबोलेको भन्दै महिला सांसद्हरुको माग गरेकी हुन् ।

निर्मला हत्या प्रकरणको छानविन गर्न आफूलाई जिम्मेवारी दिए निर्मला पन्तको हत्यारा पत्ता लगाइदिने पनि उनले दाबी गरेकी गरिन् ।

उनले भनिन्- निर्मला पन्तको हत्यारा पत्ता लगाउने थुप्रै प्रमाण छन् । तर बर्तमान सरकारले अपराधीलाई संरक्षण गरेर जनमतको दुरुपयोग गर्यो, “निर्मलाको हत्यारा पत्ता लगाउने जिम्मा मलाई दिनुस्, म पत्ता लगाइदिन्छु हत्यारा’ उनले भनिन्, घटनाको मुख्य जड एसपी डिल्लीराज विष्ट र बम दिदीबहिनी भएकाले उनीहरुलाइृ नछोड्नुहोस, जसले प्रमाण नष्ट गर्यो उनीहरुलाई हत्यारा थाहा छ ।”

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV