२० आश्विन २०७५, शनिबार

काठमाडौँ । युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले खेल पर्यटनका माध्यमले देशको आर्थिक विकास गर्ने प्रचुर सम्भावना भए पनि त्यस्को सदुपयोग हुन नसकेको गुनासो गर्नु भएको छ ।

शनिबार नेपाल क्योकुशिन वुदो कराते कम्युनिटी एशोसिएशनको प्रथम अधिवेशनको उद्घाटन गर्दै मन्त्री विश्वकर्माले नेपालको भोगोलिक अवस्थाका कारण विभिन्न साहसिक खेलको आयोजना गर्नै प्रचुर सम्भावना रहेकाले त्यस तर्फ सवैले मिलेर काम गर्ने आग्रह गर्नु भयो ।

भौतिक संरचनाको निर्माण गर्दै खेललाई उद्योग र व्यवसायसंग जोड्न सकेमा देशको विकासमा समेत खेलक्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्नु सक्ने मन्त्री विश्वकर्माको विश्वास छ ।

क्योकुशिन वुदो कराते कम्युनिटी एशोसिएशनका अध्यक्ष भुषण महर्जनले स्थापनाको छोटो समयमा यो खेल १७ जिल्लामा विस्तार गरेको जानकारी दिनुभयो । उहाँले आगामी दिनमा संघ प्रदेश र स्थानीय सरकारसंगको सहकार्यमा क्योकुशिन वुदो करातेलाई देशभर नै फैलाएर खेलाडी उत्पादन गर्ने संघको लक्ष रहेको वताउनु भयो ।

अध्यक्ष महर्जनले नेपालमा कराते खेलका विद्या धेरै भएपनि यस्को अस्तित्व पृथक रहेको बताउदै नेपालका लागि अन्तर्राष्ट्रिय जगतमा यो खेल परिचायक बन्ने जिकिर गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV