२० आश्विन २०७५, शनिबार

काठमाडौं, २० असोज । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले ठमेललाई पर्यटकीय हव बनाउनुपर्नेमा जोड दिएका छन् । उनले पर्यटकीय हव हुनका लागि स्वच्छ र सफा ठमेलको अवधारणामा सबै सचेत हुनुपर्ने बताए । उनले भने, ‘ठमेलमा पर्यटक आउँदा नाक खुम्च्याउन नपरोस् ।’

त्यसका लागि ठमेलका स्थानीय र व्यवसायी सजग हुनुपर्ने उनले थपे । ठमेल पर्यटन परिषद्का सचिव दवंग लामाले आफूहरु ठमेलको स्वच्छता अभियानमा सचेत रहेको बताएका थिए ।

‘अब ठमेल २४ घण्टा खुल्ला गर्न सरकारको ध्यानाकर्षण गराउँछु’, लामाले भने । उनले ठमेलको २४ घण्टा सञ्चालनसँगै स्वच्छ सफा बनाउन आफूहरु दत्तचित्त भएर लाग्ने बताए ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV