२० आश्विन २०७५, शनिबार

काठमाडाैँ । समय-समयमा अचम्मका कृत्यहरु गरेर चर्चामा आउने नेकपा नेता एवं मन्त्री मातृकाप्रसाद यादवले अहिले भने अचम्मको कद मचालेका छन् । संसदीय इतिहासमा नै उनले चालेको कदमलाई पहिलो मानिएको छ ।

चिनीको मूल्यवृद्धिलाई लिएर सार्वजनिक लेखा समितिमा आवाज उठाउने सांसदलाई कारवाहीको माग गर्दै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रहेका यादवले संसद सचिवालयमा उजुरी दर्ता गराएपछि अब संसदीय समितिको हैसियतमाथि पनि प्रश्नचिन्ह उठ्ने अनुभव गरिन थालिएको छ ।

व्यापारीसँगको साँठगाँठमा सरकारले चिनी आयातामा रोक लगाएको भनी सांसदहरुले सार्वजनिक लेखा समितिमा प्रश्न उठाएको भन्दै मन्त्री यादवले छानविन गर्न उजुरी दर्ता गराएका हुन् ।

असोज १५ गते सार्वजनिक लेखा समितिले वाणिज्य र आपूर्ति सचिवएवं उपभोक्ता संरक्षण विभागका प्रमुखलाई बोलाएर छलफल गरेको थियो । छलफलका क्रममा सांसदहरुले एक अर्ब ६९ करोडको चिनीको मूल्य बढाउन चलखेल भएको आरोप लगाउदै सरकारको कार्यशैली जनतामारा भएको जिकिर गरेका थिए ।

मन्त्री यादवले आफूहरुमाथि झुठो आरोप लगाएको भन्दै मूल्यवृद्धि विरुद्ध बोल्ने सांसदलाई कारबाही गर्नुपर्ने माग गर्नुभएको छ । सम्भवत: नेपालको संसदीय इतिहासमै सांसदले उठाएका विषयलाई लिएर मन्त्रीले कारबाहीको माग गर्दै औपचारिक रुपमा उजुरी दर्ता गराएको यो पहिलो घटना हो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV