२० आश्विन २०७५, शनिबार

काठमाडौं । एक इजरायली अभियानकर्ता हुन् नादिया मुराद । उनले सन् २०१८ को शान्ति नोबेल पुरस्कार जितेकी छिन् । नादियाले यो वर्षको शान्ति नोबेल पुरस्कार पाउँछ भन्ने कसैलाई पनि लागेको थिएन । तर उनी संसारभर गरिएका अनुमानलाई गलत साबित गर्दै नोबेल पुरस्कार विजेता बनिन् ।

नोबेल पुरस्कार विजेता नादियाको जीवन कहानी भने निकै पीडादायक, दर्दनाक र प्रेरणादायक छ । एक युद्धग्रस्त गाउँमा हुर्किएकी २५ वर्षीया नादिया महिला हिंसाको सिकार बनेकी थिइन् । उनले इस्लामिक स्टेटले (आईएस) आतङ्कवादीहरूको अत्याचार र बलात्कार समेत सामना गरेकी छिन् ।

सन् २०१४ मा नादिया १९ वर्ष मात्रै पुगेकी एक स्कुले छात्रा थिइन् । त्यस बेला उनको गाउँमा इस्लामिक स्टेटले हमलामा गरेको थियो । त्यहीँ हमलामा उनले आफ्नै परिवारका ६ जना दाजुभाइ र आमालाई गुमाएकी थिइन् । त्यति मात्रै होइन उनी इस्लामिक स्टेटको अपहरणमा समेत परेकी थिइन् । त्यसपछि यौन दासी बनाइएकी थिइन् ।

नादियाले मिडियालाई दिएको अन्तरवार्ता अनुसार त्यस बेला उनलाई मोसुल सहरमा यौन दासी बनाएर राखिएको थियो । उनलाई बल्दो चुरोटको ठुटोले ठोस्दै, कुटपिट गर्दै यातना दिइन्थ्यो । उनी त्यहाँबाट भाग्न खोज्दा सामूहिक रूपमा पालै पालो बलात्कार गरिन्थ्यो । कठोर यातना सहन नसकेर एक दिन उनी भागिन् । उनको मालिकले ढोका लगाउन बिर्सेको समय पारेर उनी त्यहाँबाट भाग्न सफल भएकी थिइन् ।

Image result for Nadia Murad

त्यहाँबाट भागेर सन् २०१७ मा उनी उत्तरी इराक पुगिन् । त्यसपछि उनी उत्तरी इराकको ‘दुहोक’ शरणार्थी क्याम्पमा पुगिन् । त्यहीँ शरणार्थी क्याम्पमा बसिरहेकी बेला उनले आफ्नो पिडाहरू पत्रकारलाई सुनाएकी थिइन् । उनले सन् २०१५ मा आफ्नो पीडादयी भोगाइहरू पत्रकारसमु पोखेकी थिइन् ।

उनको त्यो पीडा जर्मन सरकारले पनि सुन्यो । त्यसपछि जर्मन सरकारले त्यहाँका एक हजार पीडित तथा शरणार्थी महिलाका लागि नयाँ घर बनाइदियो । जर्मन सरकारले बनाइदिएको नयाँ घरले नदियालाई पनि केही राहत मिलेको थियो । उनी त्यहि घरमा आश्रय लिन पुगिन् ।

सन् २०१५ डिसेम्बर १६ मा यूएनको राष्ट्रिय सुरक्षा परिषदमा मानव बेचबिखन र द्वन्द्व विषयमाथि बहस भएको थियो । त्यही अवसरमा नादियाले पनि आफ्नो धारणा राख्न पाएकी थिइन् ।

उनी अहिले एक मानव अधिकार अभियन्ता बनेकी छिन् । आफूले भोगेको पीडा र दुख अरूले भोग्न नपरोस् भनेर मानव अधिकार अभियन्ता बनेको उनी बताउँछिन् । उनी भन्छिन्, ‘मेरो अभियान मैले भोगेको जीवनमा आधारित छ, अरू महिलाहरूले मेरो जस्तो पीडा भोग्नु नपरोस् भनेर यो अभियान थालेकी हुँ ।’

Related image

नदिया नोबेल शान्ति पुरस्कार पाउने दोस्रो कान्छी महिला हुन् । यौन हिंसा अन्त्यका लागि प्रयास गरेबापत सन् २०१८ मा नोबेल शान्ति पुरस्कार पाएकी हुन् । यस वर्षको नोबेल शान्ति पुरस्कार नादिया र कंगोका डेनिस मुकेगेले संयुक्त रूपमा पाएका हुन्।

सन् २०१४ मा पाकीस्तानकी मलाला युसुफजाईले नोबेल शान्ति पुरस्कार पएकी थिइन् । उनी नोबेल शान्ति पुरस्कार पाउने सबैभन्दा कम उमेरकी हुन् ।  उनीलाई सन् २०१२ मा तालिवान आतंककारीले गोलि हानेर गम्भीर बनाएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV