२० आश्विन २०७५, शनिबार

एजेन्सी। भनिन्छ सन्सार विचित्रमयकाे छ । त्यस्तै विचित्रकाे एउटा समुदाय चीनमा छ, जाे पानीमा बस्दछन् । सुन्दा नै अचम्म लाग्छ कि मानिसहरू कसरी पानीमा बस्छन् ? पानीमा त जलचर पाे बस्छन् । तर अाश्चार्य मान्नु पर्दैन्, चीनकाे एउटा गाउँ नै सदियौँदेखि पानीमाथि बस्दै आएको छ ।

टांका एक चिनियाँ आदिवासी समुदाय हो । उनीहरू सम्रद्री माझी हुन् । याे समुदायकाे पुरा गाउँ नै पानीमाथि बस्दै अाएकाे सदियाैँ भइसकेकाे छ । उक्त गाउँकाे सङ्ख्या जम्मा सात हजार रहेकाे छ ।

इतिहासलार्इ मान्ने हाे भने समुद्रमाथि नै वस्ती बसाएर घरजम गर्दै आएकाे याे समुदायले १३ सय वर्षयता जमिन टेकेको छैन् । फुजियान प्रान्तको दक्षिण पूर्वी चीनको यो समुदाय समुद्रमाथि डुंगेघरको बस्ती बसाएर बसिरहेको छ । यो आदिवासी समुदायलाई जिप्सी अफ द सी पनि भनिन्छ ।

प्राचीनमा चीनमा तांग राजवंशको शासन हुँदा टांका समुदायका मासिनहरु युद्धबाट बच्नका लागि आ-आफ्ना डुंगा लिएर समुद्रतर्फ लागे । त्यसपछि उनीहरु युद्धको डरले कहिल्लै आफ्नो मूलथलोमा फर्केनन् र समुद्रमै घरजम गर्नथाले । समुद्रमै ठूलाठूला डुंगाका घर बनाएर बस्ने गरेका उनीहरुको जिविकोपार्जनको श्रोत नै माछा मार्नु रहेको छ ।

सरकारको सहयोग मिलेसँगै यो समुदायका केही मानिसहरु समुद्रको बसाई छाडेर किनारामा घर बनाइ बसेका छन् भने अधिकांश मानिसहरु अझैपनि समुद्रको वस्तीमै बसिरहेका छन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV