२० आश्विन २०७५, शनिबार

बिबिसी |

भारतले रुससँग शक्तिशाली विमानभेदक क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली किन्ने सहमतिमा हस्ताक्षर गरेको छ। शुक्रवार दिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले पाँच अर्ब डलरको सम्झौता भएको घोषणा गरेका हुन्।

एस-४००लाई उन्नत विमानभेदक क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली मानिन्छ। यसले ४०० किलोमिटर परसम्म एकैचोटि ८० वटा निशानामा मार हान्न सक्छ।

भारतको छिमेकी देश चीनसँग पनि यस्तै खाले प्रतिरक्षा प्रणाली रहेको छ। भारत र चीनबीच सन् १९६२ मा एउटा युद्ध भएको थियो र उनीहरूबीच सीमा विवाद पनि छ।

s-400 missile by russia के लिए इमेज परिणाम

पाकिस्तान र चीनसँगको सम्भावित लडाइँबारे विचार गरेर भारतका लागि आफ्नो सुरक्षा क्षमता बढाउन आवश्यक भएको विश्लेषकहरू बताउँछन्।

सुरक्षाविज्ञ राजीव नयन भारतले एउटा गुणात्मक जोखिम लिनुपर्ने ठान्दछन्। उनले भनेका छन्, “भारतले आफ्नो रणनीतिक हितको खोजी गर्न आवश्यक छ। उसका लागि अहिले सो प्रतिरक्षा प्रणाली आवश्यक थियो। अमेरिकाले त्यस्तो सहमति गरे प्रतिबन्धहरू लाग्न सक्ने भने पनि दिल्ली दबावमा परेको देखिँदैन।”

एस-४०० क्षेप्यास्त्र रुसको सिरियास्थित आधार शिविरमा विकसित गरिएको हो । सन् २०१७ मा आर्थिक र राजनीतिक प्रतिबन्धहरू लगाउने उद्देश्यसहित रुस, इरान र उत्तर कोरियालाई लक्षित गरेर अमेरिकाले एउटा कानुन नै बनाएको थियो।

प्रतिक्रिया दिनुहोस्

LIVE TV