२० आश्विन २०७५, शनिबार

काठमाडाैं । काठमाडौंको बौद्ध मूलपानीमा जुवा खेलिरहेको स्थानमा प्रहरीले छापा मार्ने क्रममा झ्यालबाट हाम्फालेर भाग्न खोजेका दुई जुवाडेको मृत्यु भएको छ ।

मूलपानीस्थित टेण्डु शेर्पाको साढे तीन तले घरमा संगठित रुपमा जुवा खेलाएको भन्ने सूचनाका आधारमा पुगेको काठमाडौं प्रहरी परिषरकाे टोलीले छापा मार्ने क्रममा जुवा खेलिरहेकामध्ये दुई जना घरको तेस्रो तलाको झ्यालबाट हाम्फालेका थिए ।

सिमेन्टको भूइंमा बजारिएका उनीहरुलाई प्रहरीले गम्भीर घाइतेको अवस्थामा ग्वार्कोस्थित बीएण्डबी अस्पताल पु¥याएको थियो । अस्पताल पु¥याएलगत्तै चिकित्सकले उनीहरुलाई मृत घोषित गरेकाे काठमाडौं प्रहरी परिषद् प्रमुख एसएसपी बसन्त लामाले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रहरी टोलीले घर घेरा हालेर पहिलो तलाको च्यानल गेट तोड्ने प्रयास गरेपछि जुवाडेहरुले थापा पाएका थिए । त्यसपछि भागाभाग चलेको थियो । भाग्ने क्रममा ३२ वर्षीय सरोज घले र सिन्धुपाल्चोकका ४३ वर्षीय सोमलाल तामाङको मृत्यु भएको हो ।

प्रहरीले जुवाको अखडाबाट ४ लाख ५८ हजार २२५ रुपैयाँ बरामत गरेको छ । त्यस्तै जुवा खेलिरहेका १ महिलासहित २३ जनालाई पक्राउ गरिएको एसएसपी बसन्त लामाले जानकारी दिनुभयो । यो समूहले फरक फरक घरमा हरेक दिन जुवा खेलाउने गरेको र त्यसबापत घरधनीलाई एक रातको १० हजार रुपैयाँसम्म शुल्क तिर्ने गरेको पनि एसएसपी लामाले जानकारी दिनुभयो ।

एसएसपी लामाका अनुसार अखडामा ३० जनाभन्दा बढी रहेको र अन्य घरको छतैछत भागेका थिए । उनीहरुको पनि खोजी भइरहेको उहाँले बताउनुभयो । चाडपर्व जनिकिएसँगै जुवातासको अखडामा प्रहरीले आफ्नो सक्रियता बढाएको छ ।

LIVE TV