१९ आश्विन २०७५, शुक्रबार

काठमाडौं । प्रविधिको विकाससँगै लिंग परिवर्तन गरेर पुरुषबाट महिला र महिलाबाट पुरुष हुने कुरा अब नौलो र अनौठो रहेन । तर, विश्वमा यस्ता देश पनि छन् जहाँ प्राकृतिक रुपमै महिलाको शरीर लिएर जन्मिएका किशोर अवस्था पुग्दासम्म पुरुषको शरीर बन्दै अन्ततः पुरुष हुन्छन् ।

अमेरिकी महादेशमा अवस्थित क्यारिबियाली द्वीपहरूमा आजकल स्वास्थ्यसम्बन्धी अचम्मका घटना भइरहेका छन् । सालिनास नामक एक गाउँमा यस्तै विचित्रको घटना हुने गर्दछ । महिला भएर जन्मिएका जो कोही विस्तारै पुरुषको जस्तो चालचलन हुँदै पुरुष बन्ने गर्छन् ।

हेर्दा प्रकृतिबाटै भइरहेको देखिएपनि सूचना र चेतनाको अभावमा यो गाउँमा धेरै वर्षदेखि यस्तै दृश्य देखिएको छ । बिबिसिले पहिलो पटक यो गाउँको बारेमा जानकारी ल्याएपछि बल्ल यसको रहस्य खुलेको छ । गाउँको चर्चासँगै चिकित्सकले त्यहाँको बालबालिकाको उपचार गरेपछि, यो दुर्लभ जेनेटिक डिसअर्डर हो । जसका कारण गर्भमा भएको बच्चाको शरीरमा मेल सेक्स हर्मोन डीहाइड्रो टेस्टोस्टेरोन बन्न सक्दैन ।

गर्भको शुरुवातमा बच्चाको लिंग छुटिएको हुँदैन । आठौं हप्तामा शिशुको शरीरमा डीहाइड्रो टेस्टोस्टेरोन बन्न थालेपछि केटो भएर जन्मिन्छ । तर केही पुरुष शिशुमा यी हर्मोन बन्न पाउँदैनन् । यसका कारण उसको शरीर केटीको जस्तो हुन्छ ।

तर किशोरावस्थामा रजस्वला हुने बेलामा शरीरमा पुरुष हर्मोन आउन थाल्छन् र गुप्तांग पुरुषको बन्न थाल्छ । धेरैजसो बच्चालाई १२ वर्ष पुगेपछि यस्तो हुने गरेको छ । जो यो रोगको शिकार भएका छन् उनीहरु समाजबाट अपहेलित हुँदै आएका छन् ।

LIVE TV