१९ आश्विन २०७५, शुक्रबार

काठमाडौं । शेयर बजारमा यो साता परिसूचक नेप्सेमा उच्च गिरावट आएको छ । कारोबार रकम पनि घटेको छ । बैंकहरुको व्याजदरमा अपेक्षा अनुसार कमि आउन नसक्दा लगनीकर्ताले नाफा सुरक्षित गरेका कारण शेयर बाजर दवावमा परेको हो ।
यो साता शेयर बजारमा परिसूचक नेप्से झण्डै ४० अंकले घटेर १ हजार २ सय २७ अंक नजिक बन्द भएको छ ।

‘क ‘वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि नौ अंकले घटेर २ सय ६० अंक नजिक झरेको छ । बजारमा तरलता सहज भएपछि कर कम्पनीहरुले उच्च नाफा दिन सक्ने आकलनका कारण लगानीकर्ताले कारोबार बढाउँदा एकमहिना यता नेप्से बढेको थियो । तर एक साता याता बैंकहरुले अपेक्षा अनुरुप व्याजदर घटाउने सम्भावना कम देखिएपछि लगानीकर्ताले नाफा सुरक्षित गर्न लागेका छन् जसले गर्दा कारोबार रकम संगै परिसूचक नेप्से घटेको हो ।

यो साता २ अर्ब ३८ करोड ७१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । सातामा एक दिन मात्र सामान्य बृद्धि भएको थियो भने अन्य चार दिन परिसुचक घटेको थियो ।

तरपनि लगानीकर्ताले उच्च लाभांश वितरण गर्ने आशामा केही कमर्शियल बैंकको शेयरमा आकर्षित भएका छन् । नेपाल बैंक, एनएमबी बैंक, ग्लोबल आइएमई बैंक लगायतका बैंकको शेयर कारोबार उच्च भएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV