१९ आश्विन २०७५, शुक्रबार

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थीर रहेको छ ।

बिहीबार ५८ हजार ९ रुपैया प्रति तोला कारोबार भएको फाइन गोल्ड शुक्रबार पनि स्थीर रहदै ५८ हजार ९ सय रुपैयाँमा नै कारोबार भएको छ । तेजावी सुन पनि ५८ हजार ६ सय रुपैयाँमा खरिदविक्री भएको छ । त्यस्तै चाँदी ७ सय ४५ रुपैयाँमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघले प्रति दश ग्राम फाइन गोल्डको मूल्य ५० हजार ५ सय रुपैयाँ, तेजावी सुनको मूल्य ५० हजार २ सय ४५ रुपैयाँ र चाँदीको मूल्य ६ सय ३९ रुपैयाँ तोकेको छ । नेपालमा डलरको भाउ बढदै गएकाले सुन चाँदीको भाउमा पनि अझै बृद्धि हुन सक्ने व्यापारीहरुले बताएका छन् ।

LIVE TV