१९ आश्विन २०७५, शुक्रबार

काठमाडौं । दुर्गममा औषधि अभाब हुनु नौलो होइन । तर, काठमाडौं महानगरभित्रकै स्वास्थ्य संस्थामा औषधि पाइँदैनभन्दा अनौठो लाग्न सक्छ । अनौठो लागेपनि यो सत्य हो । क्षेत्रपाटी परिवार कल्याण केन्द्रमा गर्भवतीलाई दिइने आइरन चक्कीसमेत छैन ।

बीच काठमाडौंको ठूलो औषधीबजारभित्र रहेको यो क्षेत्रपाटी परिवार कल्याण केन्द्र । बिशेषतःगर्भवतीको स्वास्थ्य परीक्षणहुने यहाँगर्भवतीलाई अत्यावश्यकमानिने आइरन चक्कीकै अभाब छ ।

सरकारले निःशुल्कभनेको औषधीसबै उपलब्ध छैन भने कर्मचारीको तलबसमेत २-३ महिनामा आउँछ । जिल्लाजनस्वास्थ्यकार्यालय काठमाडौं र परिवार माहाशाखाअन्तर्गत रहेको यो सरकारी स्वास्थ्य संस्थामागर्भवतीजाच,नवजातशिशु र बालबालिकालाई खोप,बन्ध्याकरण, परिवार नियोजनको साधनबारे परामर्शसहितसामान्य बिरामीजाचर ल्याबपरीक्षण अत्यन्तन्यूनशुल्कमा हुन्छ । १० रुपैयाँको टिकट काटेपछि आधारभूत सबै स्वास्थ्यजाँचगरिन्छ ।

दिने सेवा सस्तो भएपनिभाडाको घरमा राखिएको योस्वास्थ्य संस्थाले आधारभूत मापदण्ड पनि पूरा गरेको छैन । पज ः
कर्मचारीको तलबमहानगरपालिकाले ब्यहोरे पनिअत्यावश्यकऔषधिन महानगरपालिकाले दिन्छ, न सरकारले । संघीय राजधानीभित्रकै स्वास्थ्य संस्थाको अवस्था यस्तो छ भने दुर्गमतिरको दुर्दशा कस्तो होला?

प्रतिक्रिया दिनुहोस्

LIVE TV