१९ आश्विन २०७५, शुक्रबार

सुनसरी, १९ असोज । सुनसरीको इनरुवामा भोलिबाट रात्रिकालीन क्रिकेट सुरू हुने भएको छ । फुलबारी क्रिकेट क्लब इनरूवाको आयोजनामा हुन लागेको रात्रिकालीन क्रिकेट प्रतियोगिता मुलुककै पहिलो हो ।

प्रतियोगितालार्इ इनरूवा नगरपालिकाले प्रायोजन गरेको छ । मेयर कप टि ट्वान्टी (T-20) प्रतियोगिताको बारेमा पत्रकार सम्मेलन गरि आयोजकले तयारी पूरा भएको जानकारी गराएको छ । इनरूवा खेल मैदानमा भोलि आयोजक फुलबारी र बेलबारीबिच उद्घाटन खेल हुनेछ ।

खेल बेलुकी ७ बजेबाट सुरू हुने आयोजक संस्थाका अध्यक्ष शिबु यादबले बताए । तयारी बारे जानकारीका लागि आयोजित पत्रकार सम्मेलनमा इनरूवा नगरपालिकाका प्रमुख राजन मेहताले प्रतियोगिता मुलुककै गौरभको बिषय भएको बताए । मेहताले इनरूवा खेल मैदानलाई नमुना स्टेडियम बनाई छाड्ने प्रतिवद्धता समेत जनाए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV