१९ आश्विन २०७५, शुक्रबार

काठमाडौं, १९ असोज । सत्तारुढ संघीय समाजवादी फोरमका सांसद हरिनारायण रौनियार स्वतः निलम्बनमा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै रौनियार स्वतः निलम्बनमा परेका हुन् ।

अधिवक्ता नवराज थपलियाका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्बन्धी ऐन २०४८ अनुसार भ्रष्टाचारको मुद्दा दायर भएसँगै सार्वजनिक पद धारण गरेका व्यक्तिको पद स्वतः निलम्बनमा पर्नेछ ।

प्रतिनिधिसभा सदस्य रौनियार पर्सा क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका हुन् । प्रतिनिधिसभा सदस्यमा रौनियार निर्वाचित भएपछि उनले पप्पु कन्स्ट्रक्सनलाई आफ्नो छोरा सुमित रौनियारलाई जिम्मा दिएको बताउँदे आएका छन् ।

अख्तियारले पप्पुका अध्यक्ष तथा सांसद रौनियारका छोरा सुमित रौनियार लगाएत सडक डिभिजिन प्रमुखसहित १२ जनाविरुद्ध गत शुक्रवार विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV