१९ आश्विन २०७५, शुक्रबार
  • सुमन कार्की

पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिकाले सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत जेष्ठ नागरिकका लागि दिवा स्याहार केन्द्र सुरु गरेको छ । एकै ठाउँमा भेला हुने प्रत्येक वडाका जेष्ठ नागरिकलाई गाउँपालिकाले भजन–कीर्तनको मनोरञ्जनसहित फलफूल र पौष्टिक आहारको व्यवस्था गरेको हो ।

परिवारका सदस्य शहरतिर केन्द्रित हुँदा जेष्ठ नागरिकमा बढ्दै गएको एक्लोपन हटाउन र खानपिनमा ध्यान नदिँदा कमजोर बनेको स्वास्थ्य सुधारका लागि दिवा स्याहार केन्द्र सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ । दिवा स्याहार केन्द्रमा शारीरिक व्यायाम, योग र स्वास्थ परीक्षणको सुविधा छ । गाउँपालिकाले जेष्ठ नागरिकलाई सम्मानसहित आर्थिक सहयोग पनि गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV