१९ आश्विन २०७५, शुक्रबार
  • सुवास लामीछाने

सडक दुर्घटना न्यूनीकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले विशेष अभियान सुरु गरेको छ । दुर्घटनाग्रस्त क्षेत्रमा सचेत गराउँदै बोर्ड राख्न सुरु गरिएको छ । चालक र सह–चालकलाई तालिम दिन समेत सुरु गरिएको ट्राफिक प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ । बर्षायामको समाप्तिसँगै ग्रामीण क्षेत्रमा सवारी सञ्चालनमा आउने क्रम बढेपछि चालकलाई नियमानुसार सञ्चालनमा ल्याउन प्रहरीले सुझाव दिएको छ ।

ट्राफिक प्रहरीले क्षमताभन्दा बढी यात्रु नराख्न आग्रह गरेको छ । यात्रुवाहक सवारी साधनले सामान ढुवानी गर्न नपाउनेतर्फ पनि सचेत गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV