१९ आश्विन २०७५, शुक्रबार

तारा आचार्य

विराटनगर । ‘समृद्ध नेपालको आर्थिक आधार, गतिशिल, विश्वसनीय तथा देशव्यापी पूँजी बजार’ भन्ने नारा सहित विराटनगरमा दुई दिने पूँजी बजार प्रदर्शनी आयोजना गरिएको छ । एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले एक कार्यक्रम बीच सो प्रदर्शनीको शुभारम्भ गर्नुभयो ।

प्रदर्शनी उद्घाटन गर्दै मुख्यमन्त्री राईले पूँजी बजारको विकास विना आर्थिक समृद्धि असम्भव भएको धारणा व्यक्त गर्नुभयो । उहाँले पहिलो पटक संघीयताको अभ्यास गर्दै आएको प्रदेशमा पूँजी संकलनका लागि पनि सर्वसाधारणलाई पूँजी बजारको प्रक्रिया र अवधारणा बारे जानकारी दिनु आवश्यक रहेको बताउनु भयो ।

सो प्रदर्शनीमा सर्वसाधारणहरुलाई पूँजी बजार, शेयरको प्राथमिक र दोश्रो बजार, धितोपत्र व्यवसायी बारे जानकारी दिनुका साथै बैंक र वित्तीय संस्थाको कारोबार प्रक्रिया बारे सिधा प्रश्नोत्तरको माध्यमबाट जानकारी दिइनेछ । धितोपत्र बोर्डले आयोजना गरेको सो प्रदर्शनीमा एक नेपाली एक डिम्याट खाता अभियान समेत संचालन गरिएको छ । प्रदर्शनीमा शेयर दलाल र बैंक तथा वित्तीय संस्थाहरुको १ सय ६ वटा स्टलहरु राखिएका छन् ।

LIVE TV