१९ आश्विन २०७५, शुक्रबार
  •  ज्योति कुमार पन्थी

बर्दिया । जिल्लामा पछिल्लो समय लागु औषधको प्रयोगकर्ताहरुको संख्यामा बृद्धि भएको देखिन्छ । जिल्लाका स्थानीय निकाय र प्रहरीहरु हातेमालो गर्दे अव लागु औषधका बारेमा संयुक्त रुपमा बिद्यार्थीहरुलाई शिक्षा दिने भएका छन ।

भारतिय सिमाना सँग जोडिएको जिल्ला भएका कारणले बर्दिया जिल्लामा पछिल्लो समय लागु औषध प्रयोगकर्ताहरुको संख्या दिन प्रतिदिन बढद्रै गई रहेको छ । भारत संग जिल्ला सिमाना भएकाले जिल्लाका बिभिन्न स्थानबाट लागु औषध भित्रने गरेको तत्थ्य समेत फेला परेको छ ।

यसको अवसर युवा पुस्तामा परेको छ । सानै उम्मेर औषध दुब्यसनीमा फस्ने गरेकाले एसको रोकथामको लागि बिद्यालय स्थीरमा बिद्यार्थीहरुलाई र अभिचावकलाई जम्मा गरि जनचेता मूकल कार्यक्रम गर्न लागेको गुलरिया नगरपालिकाका वडा २ का वडाध्यक्ष टँक अभिकारीले बताउनु भयो ।

जिल्लाको आधा भूभाग भारतिय बहराईज जिल्ला सँग जोडिएकोले पनि लागु औषध प्रयोग तथा ओसार प्रसार बढेको देखिन्छ । करिव करिव ५१ किलोमिटर खुला सिमाना भएको वडा नं. २ को आर्थिक सहयोगमा शम्भुशरण माध्यमिक बिद्यालयमा शुक्रबार सञ्चालन गरेको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरिक्षकले पछिल्लो सयम दुई महिनाको अवधिमा करिव २० जना युवाहरलाई पक्राउँ गरिएको र उनका अभिभावकको जिम्मा लगाईएको बताउँनु भयो ।

पछिल्लो समय जिल्ला प्रशासन कार्यालय बर्दियाले पनि स्थानीय निकायहरु सँग लागु औषध नियन्त्रणका बारेमा छलफल शुरु गरेको छ । स्थानीय निकायहरुले गर्नै बिकास निर्माण सँगै लागु औषध सम्बन्धि अभिमुखिकरण कार्यक्रम गर्दे लैजानु पर्ने आवश्यता रहेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुगवाडले बताउनु भयो ।

बर्दिया जिल्लाको खुला सिमाना नै लागु ओक्षध ओसार प्रसार गर्ने थलोको रुपमा बिकास भएको छ । ५१ किलोमिटर खुला सिमानाको फाईदा लागु औषध प्रयोगकर्ताहरुले उठाई रहेका छन । लागु औषध प्रयोगकर्ताहरु यसरीनै बढै गए यसले बिकराल रुप लिने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV