१९ आश्विन २०७५, शुक्रबार

काठमाडौं । यातायात व्यवस्था विभागले असोज २४ गतेदेखि सार्वजनिक सवारी साधनलाई इजाजतपत्र अर्थात् (रुट परमिट) खुला गरेको छ । दशैंका लागि भन्दै विभागले काठमाडौं बाहिर जाने र आउने यात्रुलाई सहज बनाउन ७ दिनका लागि रुट परमिट खुला गरेको हो ।

इजाजतपत्र खुला भएसँगै सवारी चालकले कुनै पनि रुटमा सवारीसाधन चलाउन पाउनेछन् भने यात्रुले समेत गन्तव्यमा पुग्न हैरानी खेप्नुपर्ने छनै । यस्तै, विभागले सामान बोकेर काठमाडौं भित्रिने ठूला सवारी साधनलाई सञ्चालनमा रोक लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV