१९ आश्विन २०७५, शुक्रबार

काठमाडौं । सन् २०१८ को नोबेल शान्ति पुरस्कार चिकित्सक डेनिस मुकवेगी र इराककी कुर्दिस अधिकारकर्मी नादिया मुरादलाई संयुक्तरुपमा प्रदान गरिने घोषणा गरिएको छ । पुरस्कार प्रदान गर्ने समितिले युद्धका बेला यौनहिंसा पीडितको जीवन बचाउन निर्वाह गरेको भूमिकाका लागि मुकवेगीलाई पुरस्कार प्रदान गर्ने निर्णय भएको जनाएको हो । मुकवेगीले कंगोमा यौनहिंसा परेका महिलाका उपचारमा लामो समय बिताएका थिए ।

उनले कंगोको पहाडी इलाकास्थित सामूहिक बलात्कारपछि छोडिएका हजारौं महिलाको कंगोको पहाडी इलाकामा रहेको बुकाभु जिल्लामा बाँच्ने कुनै आश नभएका हजारौं महिलाको तीन दिन लगातार उपचारमा बिताएका थिए ।

यता, इराकी नागरिक नादिया मुराद पनि यौन हिंसाबाट पीडित महिलाको सेवामा अहम भूमिका निर्वाह गरेकोमा पुरस्कृत भएकी छिन् ।

शान्ति पुरस्कार प्राप्त गर्न सफल मुराद आइएस सैनिकबाट बलात्कार र अन्य दुव्र्यवहारबाट पीडित भएकी याजिदी महिला हुन् । सन् २०१४ मा यौन हिंसा भएकी मुरादले आफू असह्य पीडामा हुँदा पनि आइएसआइएसको कब्जामा रहेर दासी बनेका महिलालाई छुटाउन ठूलो भूमिका निर्वाह गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV