१९ आश्विन २०७५, शुक्रबार

काठमाडौं । बिकास निर्माणका परियोजनामा ब्यापक अनियमितता गर्दै आएका पप्पु कन्सट्रक्सनका तत्कालिन अध्यक्ष तथा सांसद हरिनारायण रौनियारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।उनीसहित अनियमिततामा संलग्न अन्य १२ जनाविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।

देशव्यापीरुपमा एकपछि अर्को गर्दै बदनाम बनेको निर्माण कम्पनी पप्पु कन्स्ट्रक्सनले जतिसुकै बदमासी गरे पनि उस्लाई कारवाही गर्ने आँट कहीं कतैबाट नभईरहेकोमा हाल आएर अख्तियारले संघीय समाजवादी फोरम नेपालबाट सांसदसमेत रहेका रौनियारविरुद्ध  मुद्दा दायर गरेको हो ।

पप्पु कन्ट्रक्शनको गैरजिम्मेवारीका कारण धनुषा–सिरहा जोडने कमला र सिरहा–सप्तरी जोड्ने बलान नदीमा निर्माणाधीन पक्की पुल निर्माण कार्य अलपत्र पार्नुको साथै गुलरिया र बार बर्दिया जोड्ने जब्दीघाटको पुल निर्माणको क्रममा न्यून गुणस्तको  सामग्री प्रयोग गरेको पाइएको थियो ।

रौनियारविरुद्ध अख्तियारले १९ करोड ३२ लाख २५ हजार ६ सय ९५ रुपैयाँ विगो माग दावी गरी मुद्दा दायर गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV