१९ आश्विन २०७५, शुक्रबार

काठमाडौँ । नेपाल–क्यानडा द्विपक्षीय परामर्श संयन्त्रको परराष्ट्र मन्त्रालयमा बिहीबार भएको पहिलो बैठकमा आपसी हितका विषयलाई प्रवद्र्धन गर्न सहमति भएको छ ।

बैठकले व्यापार, लगानी, पर्यटन, कृषि, आप्रवासन, शिक्षा, जलवायु परिवर्तन र प्रविधि हस्तान्तरणका क्षेत्रमा नियमित रुपमा घनीभूत ढङ्गले छलफल गर्न सहमति जनाएको छ । मन्त्रालयका अनुसार बैठकमा नेपाल सरकारका विकासका प्राथमिकताबारे जानकारी दिइएको थियो । क्यानडाली पक्षले भने नेपालसँग आर्थिक साझेदारी बढाउन तथा विकास प्रयासमा सघाउने तत्परता व्यक्त गरेको थियो ।

परामर्श संयन्त्रमा संयुक्त राष्ट्र सङ्घको ७३ औँ महासभाका बेला दुवै देशका प्रधानमन्त्रीबीच भएको ऐतिहासिक बैठकको स्मरण गर्दै नेपाल र क्यानडाबीचको सम्बन्धलाई अझ सुदृढ तुल्याउन विभिन्न तहमा नियमित रुपमा परामर्श गर्न पनि सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV