१९ आश्विन २०७५, शुक्रबार
  • राजु पौडेल,

झापा, १९ असोज । चाडवाड नजिकिएसँगै पूर्वका बजारमा खाद्य सामग्रीको मूल्यमा बृद्धि भएको छ । हरेक वर्ष चाडवाड लागेसँगै दैनिक उपभोग्य बस्तुको मूल्य बृद्धि हुँदा उपभोक्ता मारमा पर्ने गरेका छन् ।

यो समय बजारमा चहल पहल बढ्ने बेला हो । नजिकिदै गरेको दशैँलाई लक्षित गरेर उपभोक्ता विभिन्न खाद्य सामग्रीको किनमेलमा जुटेका छन् । तर यहि मौकामा व्यापारीले भने दैनिक उपभोग्य सामग्रीकै मूल्य बढाईदिदा उपभोक्ता मारमा परेका हुन् । सरकारले नै चिनी आयातमा रोक लगाएपछि चिनीको मुल्यवृद्धि भएको छ भने दैनिक उपभोग्य तरकारी देखी अन्य खाद्यान्न सामाग्रीको मुल्य समेत बढेको सर्वसाधारण बताउँछन् । ‘दाल, चामल, चिनी लगायतका सामानको भाउ बढेको छ’ दमककी सुजता चौहानले भनिन्, ‘अरु बेला भन्दा दशैंतिहारमा भाउ जहिल्यै बढ्छ ।’

चाडवाडमा उपभोक्तालाई सहज होस् भन्नका लागि नेपाल राष्ट्र बैंकले गत आर्थीक वर्षलाई थोक मूल्य सूचकाङ्क निर्माणको लागि आधार वर्ष कायम गरेको थियो । जसअनुरुप देशभरका २४ बजार केन्द्रलाई थोक मूल्य संकलनका लागि छनौट गरिएको पनि थियो ।

तर त्यसको पनि उचित प्रभावकारी नभएका कारण उपभोक्ता मारमै परेको उपभोक्ता मञ्चको भनाई छ । ‘उपभोक्ताले आफ्नो हकहित र अधिकारका लागि आवाज उठाउन सकेनौं’ उपभोक्ता मञ्च दमकका सदस्य भावकृष्ण खतिवडाले भने, ‘सरकारले पनि बजार अनुगमनलाई प्रभावकारी बनाउन नसक्दा बजारमा अलिक मनपरी पनि बढेको छ ।’

नेपाल राष्ट्र बैकले पछिल्लो पटक सार्वजनिक गरेको देशको आर्थीक विवरणमा खाद्यान्नको मूल्य बढाएको जनाएको छ । जसअनुरुप २.३ प्रतिशत रहेको मुल्यमा बृद्धि भएर ४.२ पुगेको छ । राष्ट्र बैकंको उक्त आर्थीक बिबरणमा पहाडी क्षेत्रमा भने सबै भन्दा बढि दरले मुल्य बृद्धि गराएको छ ।

तराईमा ४.१ प्रतिशत रहेको बजार मुल्य पहाडमा भने ५.३ प्रतिशत रहेको बैङको बिवरणमा उल्लेख छ । यही अनुरुप बजारको मुल्य निर्धारण गरिएको उद्योग वाणिज्य सघं दमकका वरिष्ठ उपाध्यक्ष विमल खतिवडाको भनाई छ । तर, आर्थीक उपार्जनका गतिलो माध्यमको अभावमा वर्षेनी हुने बजार मुल्य बृद्धिका कारण नागरिक भने थप मारमा पर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV