१९ आश्विन २०७५, शुक्रबार

काठमाडाैँ । बहिराेपनकाे समस्या भएकै अाधारमा सवारी चालकको अनुमतिपत्र (लाइसेन्स) पाउनबाट वञ्चित व्यक्तिहरूले अाज माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।

सर्वोच्च अदालतले बहिरा व्यक्तिहरू सवारी हाँक्न सक्षम रहेकाे निष्कर्ष निकाल्दै उनीहरुलाई चालक अनुमतिपत्र दिन निर्देशन दिएकाे ६ वर्ष पुग्दा समेत सरकारले अझै साे व्यवस्था गर्न सकेकाे छैन । अफूहरूले सवारी लाइसेन्स पाउनुपर्ने माग राखी बहिरा अपांगता भएका व्यक्तिहरूले अाज दाबावस्वरूप प्रदर्शन गरेका हुन् ।

राष्ट्रिय बहिरा महासंघको अगुवाइमा भएको उक्त प्रदर्शनमा बहिरा व्यक्तिहरूले ब्यानर र प्ले कार्ड बाेकेका थिए । सर्वोच्च अदालतको आदेशसमेत अपहेलना गर्दै सरकारले आफूहरुलाई सवारी चालक अनुमतिपत्र नदिएकोले बाध्य भएरै प्रदर्शनमा उत्रिनुपरेकाे पूर्वसभासद् समेत रहेका बहिरा नागरिक राघववीर जाेशीले बताउनुभयाे । Image may contain: one or more people, people standing and outdoor

अन्य सबै दृष्टिले सक्षम हुँदाहुँदै पनि सामान्य नागरिकसरह बहिरा व्यक्तिलार्इ सवारीचालक अनुमतिपत्र दिने व्यवस्था सरकारले अझैसम्म गर्न नसकेकाे राष्ट्रिय बहिरा महासंघका अध्यक्ष केपी अधिकारीले बताउनुभयाे । कतिपय बहिरा व्यक्तिहरूसँग सवारी साधन भएर पनि लाइसेन्स नहुँदा समस्या परेकाे तथा रोजगारी एवं कार्यालय अाउजाउ गर्न र अन्य अत्यावश्यकीय कार्यमा समेत बाधा पुगेकाे उहाँकाे भनाइ छ ।

Image may contain: one or more people, people standing and outdoor

प्रदर्शनमा सहभागी बहिरा व्यक्तिहरूले ‘म बहिरा, मैले सवारी साधन चलाउन नपाउने ?’ नारा अंकित प्लेकार्ड बाेकेका थिए । यस्तै सवारी साधनको कर लिने तर लाइसेन्सचाहिँ नदिने ? भन्दै सरकारप्रति व्यंग्य गरिएका प्लेकार्ड समेत उनीहरूले बाेकेका थिए । ब्यानरमा सर्वाेच्च अदालतकाे अादेशलार्इ सम्मान गर्दै बहिराहरुलाई सवारी चलककको अनुमति पत्रको व्यवस्था गर्न माग गरिएकाे थियाे । 

अाफूहरूले सवारी लाइसेन्स पाउनका लागि निकै संघर्ष गरिसकेकाे तर हालसम्म पाउन नसकेकाे पूृवसभासद् जाेशीले तीताे यथार्थ सुनाउनुभयाे ।

Image may contain: 5 people, people smiling

२०६९ चैत २९ गतेकाे सर्वोच्च अदालतकाे फैसलाले बहिरोपनबाट प्रभावित व्यक्तिहरु सवारी चलाउन अयोग्य ठहरिने कुनै वैज्ञानिक आधार भएको मान्न नमिल्ने ठहर गर्दै उनीहरुलार्इ सवारी चालक अनुमतिपत्र दिने व्यवस्था गर्न सरकारकाे नाउँमा अादेश दिएकाे थियाे । साथै उनीहरूकाे समानताको अधिकार समेत हनन भएको ठहर सर्वाेच्चले गरेकाे थियाे ।

Image may contain: one or more people, crowd and outdoor

सर्वाेच्चले प्रचलित सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ४७ को खण्ड (ङ) मा संशोधन १ वर्ष भित्र अावश्यक कुरा सुधार गरी मापद्ण्ड पूरा गर्ने बहिरा नागरिकलाई सवारीचालक अनुमतिपत्र दिन सरकारलाई आदेश दिएको ६ वर्ष बित्दा समेत यसमा कुनै व्यवस्था हुन सकेकाे छैन ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV