१९ आश्विन २०७५, शुक्रबार

काठमाडौं। हरेक शुक्रबार दुर्इ वा तीन चलचित्रको भिड्दै आएको नेपाली चलचित्र क्षेत्रमा अाजबाट भने एकमात्र चलचित्र ‘निर्जला’ प्रदर्शनमा आएको छ ।

राजु गिरीको निर्देशन र प्रकाशचन्द्र न्यौपानेको निर्माण रहेको याे चलचित्र गाउँले परिवेशको कथामा निर्माण गरिएकाे हो ।

अशोक खड्काको द्वन्द्व र रवि कोइरालाको छायाँकन रहेको यस चलचित्रमा किशोर खतिवडा, शुभेच्छा थापा र निक शर्मा, श्याम राई, पल्पसा डंगोल, रश्मी भट्ट, राजकुमार थापा, राजेन्द्र गिरी, भीम खनाललगायत कलाकारहरूको अभिनय रहेको छ ।

 

 

 

LIVE TV