१९ आश्विन २०७५, शुक्रबार

एजेन्सी,मुम्बई । बलिउड नायिका तनुश्री दत्तले एक दशक अघि चलचित्र ‘हर्न ओके प्लीज’को सेटमा दुर्ब्यवहार र यौन उत्पीडन गरेको आरोप लगाएसँगै बलिउड यतिखेर दुई भागमा बाँडिएको छ ।एक थरी नानाको समर्थनमा र अर्कोथरी नायिकाको समर्थनमा देखिएका छन् । यद्यपी नानाले भने दश बर्षअघिको आफुमाथि लागेको आरोप सत्य नभएको प्रतिक्रिया दिइरहेका छन् ।

अरोपको खन्डन गर्दै नाना पाटेकरले तनुश्री बिरुद्ध अदालनमा मानहानीको उजुरी दिएका छन् । पाटेकरका वकिलले मानहानीको उजुरी अदालतमा दिएको बताए पनि त्यसबारे आफुलाई कुनै सूचना नआएको तनुश्रीको दाबी छ ।

‘म पनि अहिले केही वकिलहरुसँग छलफलमा छु । आफ्नो बचाउको लागि मैले पनि यौन उत्पीडनमाथि अदालतमा चाँडै पाटेकर बिरुद्ध उजुरी दिँदैछु ।’ तनुश्रीले भनेकी छिन् । यसरी अभिनेत्री तनुश्रीले अभिनेता नानालाई यस्तो आरोप लगाएपछि नानाले कानूनी बाटो रोजेका छन् ।

यो प्रकरण अगाडि बढ्नु नहुने र आपसमा बसेर यसलाई सुल्झाउनु पर्ने बलिउड चलचित्रकर्मीहरुको भनाई छ । तर तनुश्रीले यो विषयमा आफु पछि हट्ने पक्षमा नरहेको जिकिर गर्दै आएकी छिन् ।

तनुश्रीको भनाई अनुसार डान्सको स्टेपमा नाना पाटेकरले कोरियोग्राफरलाई हटाउदै उनको जीउमा जर्बजस्ती छोएका थिए ।

नानाले फिल्मको सेटमा सयौं मान्छेहरुको बिचमा आफुले कसरी नायिकालाई यौन दुर्ब्यवहार गर्ने भन्ने प्रश्न गरेका छन् यद्यपी तनुश्रीकी घनिष्ट रहेकी एक महिला पत्रकारले भने तनुश्रीले लगाएको आरोप सही भएको र जसको आफु प्रत्यक्षदर्शी समेत रहेको बताएकी छिन् ।

LIVE TV