१९ आश्विन २०७५, शुक्रबार

काठमाडौं । दशैं नजिकिँदै गर्दा खाद्यान्न अभाव भएपछि हुम्लालगायत कर्णालीका बासिन्दा मर्कामा परेको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ  । समाचारका अनुसार पाँच किलोग्राम चामल खरिद गर्न प्रमुख जिल्ला अधिकारी (सिडिओ) बाट सिफारिस लिनु परिरहेको छ ।

फोटो : नयाँ पत्रिका दैनिक

नेपाल खाद्य संस्थान, हुम्लाले दसैं नजिकिएपछि बुधबारदेखि चामल बिक्री गर्न थालेको हो । मागअनुसार चामल आपूर्ति नभएपछि प्रतिपरिवार पाँच किलोग्राम मात्रै बिक्री गरिरहेको खाद्य संस्थान हुम्लाका प्रमुख रामबहादुर विष्टले बताए ।

LIVE TV