१९ आश्विन २०७५, शुक्रबार

वि।सं। २०७५ साल असोज १९ गते। शुक्रबार। इश्वी सन् २०१८ अक्टोबर ५ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। दक्षिणायन। शरद ऋतु। नेपाल संवत् ११३८ । आश्विन कृष्णपक्ष। तिथि– एकादशी, १७स्१५ बजेउप्रान्त द्वादशी। नक्षत्र– अश्लेषा, १८स्०९ बजेउप्रान्त मघा। योग– सिद्ध, ६स्२३ बजेदेखि साध्य, २७स्१९ बजेउप्रान्त शुभ। करण– वव, ६स्२७ बजेदेखि वालव, १७स्१५ बजेपछि कौलव, २८स्०४ बजेउप्रान्त तैतिल। आनन्दादिमा मृत्यु योग। चन्द्रराशि– कर्कट, १८स्०९ बजेउप्रान्त सिंह। काठमाडौंमा सूर्योदय– ५स्५९ बजे, सूर्यास्त– १७स्४४ बजे र दिनमान २९ घडी २४ पला। इन्दिरा एकादशी व्रत। एकादशी श्राद्ध। शिक्षक दिवस ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) माया प्रेममा अबिश्वास सिर्जना हुनेछ भने घर परिवारमा आमा सँग मनमुटाव उत्पन्न हुनेछ । अन्य काममा व्यास्त हुँदा पढाई लेखाई कमजोर रहनेछ । राजनिति तथा समाजसेवामा समय लगानि गरेपनि पद प्रतिष्ठा नपाईने हुनाले मन खिन्न हुनेछ । व्यापार व्यावसायमा अरुदिन भन्दा ज्यादा समय खर्चिनु पर्नेछ भने कृषि तथा पशुपालन व्यावसायमा समय लगानि गर्नेहरुले भनेजस्तो आम्दानि गर्न सक्नेछन् ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) उद्योग तथा व्यापारमा लगानि गरि मनग्गे आम्दानि गर्न सकिनेछ । आर्थिक क्षेत्रमा फड्को मार्न सकिने तथा आर्थिक अवस्था सुधार्न चालिने कदमबाट सकारात्मक नतिजा आउनेछ । पढाई लेखाईमा भनेजस्तो नतिला हात पार्न सकिने हुदा दाजुभाई तथा आफन्तहरु खुसि हुनेछन् । विवाद तथा न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउने हुनाले मन प्रशन्न रहनेछ । प्रेममा नजिक हुने समय रहेकोछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) नयाँ प्रकृतिको व्यावसायमा लगानि गर्दा प्रशस्त धन तथा भौतिक बस्तुहरु जोड्न सकिनेछ । काउन्सेलिङ,मोटिभेसन,सञ्चार पेशा व्यावसायमा समय खर्चिनेहरुका लागि समयले साथ दिनेछ । सामाजिक तथा पारिवारिक सम्बन्ध सुदृड हुनेछ । मनपर्ने भोजन,उत्तम बस्त्र तथा विलाशी बस्तुको प्रयोग गर्न पाईने हुनाले मन प्रशन्न रहनेछ । लामो समयदेखि भेटघाट नभएका मित्रहरु भेटिने योग रहेकोछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) समयमा कामहरु सम्पन्न हुने तथा अरुको काम गरि नाम तथा दाम दुवै कमाउँन सकिनेछ । अध्ययन तथा अध्यापनको क्षेत्रमा थोरै समय लगानि गर्दापनि सकारात्मक नतिजा हात लागि हुने योग रहेकोछ । माया प्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रशन्न हुनेछ । व्यापार व्यावसायमा प्रसस्त नाफा कमाउँन सकिनेछ भने लगानि गर्ने बाताबरण बनाउँन सकिनेछ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) कामको शिलशिलामा लामो दुरिको यात्रा हुने योग रहेकोछ । बिदशी सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ भने विदेशमा बसेर श्रम गर्नेहरुका लागि आजको दिन फलदायि रहनेछ । काम गर्दा विशेष ध्यान दिनुहोला दण्ड तथा जरिवाना हुने योग रहेकोछ । स्वास्थ्यमा समस्या आउँने तथा आफन्तहर टाडिनेछन् । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) अध्ययन अध्यापनमा अन्य दिन भन्दा सुधार गरि अरुभन्दा अगाडि बढ्न सकिनेछ । आफुले माया गर्ने मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रशन्न हुनेछ भने परिवारका आवस्यक्ताहरु पूरा गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने नयाँ काम पाउँने तथा नोकरिमा पदोन्नति हुने समय रहेको छ । साथिभाई सँग रमाईलो भेटघाट हुने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । पैत्रिक सम्पतिको प्रयोग गरि आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) पुराना समस्याहरु समाधान गरि आम्दानिका स्रोतहरु बढाउन सकिनेछ । सत्रु परास्त हुनेछन् भने आफ्नो क्षेत्रमा बर्चस्व कायम राख्न सकिने तथा पहुच बिस्तार गर्न सकिनेछ । बुवा वा बुवा सरहका मानिसबाट तपाईको काममा सहयोग हुनेछ । परिवार तथा आफन्तको साथ पाईने हुनाले काम गर्न सहयोग पुग्नेछ । नोकरि तथा व्यावसायिक क्षेत्रमा देखिएका चुनौतिहरुलाई चिर्दै गन्तब्यमा पुग्न सकिनेछ । प्रेम सम्बन्धहरुलाई विबाहमा परिणत गरि घर गृहस्थी सुचारु गर्ने समय रहेकोछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) व्यावसायकै सन्द्रर्भमा लामो दुरिको व्यावसायिक यात्रा हुनेछ । यात्रा तथा पर्यटकिय व्यावसाय फस्टाएर जानेछ । धार्मिक तथा शैक्षिक क्षेत्रमा सहभागि भई उत्कृष्ट नतिजा हात लगाउँन सकिनेछ । प्रेम प्रशङगमा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ । समयले साथ दिने हुनाले सानो प्रयत्नले राम्रा काम हुनेछ । खोज तथा अनुशन्धानको क्षेत्र स्वत स्फुर्त रुपमा अगाडि बढ्नेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) आफन्त तथा दिदि बहिनि सँग साना कुरामा राय बाजिनेछ भने घमण्ड गर्ने बानिले आफैलाई समस्या पार्नेछ । आर्थिक मुद्दाहरु हल हुनुको सट्टा थप जटिल बन्नेछ । बोलिमा रुखोपना बढि आउँने हुदा आफन्त तथा साथिभाईहरु टाडिनेछन् । भौतिक सम्पति प्रयोग गर्दा ख्याल गर्नुहोला नराम्रा घट्नाहरुको सामना गर्नु पर्नेछ । नसोचेको धन तथा सम्पति प्रयोग गर्न पाईने हुदा मन प्रशन्न रहनेछ । माया प्रेममा सामान्य मनमुटाब सिर्जना हुनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) उद्योग तथा व्यापारमा लगानि गर्ने अवसर आउँनेछ भने बहुमुल्य धातु संग्रह गर्न सकिनेछ । सुभचिन्तकहरुको सहयोग तथा सद्भाव पाईने हुनाले समयमा नै कामहरु सम्पन्न हुनेछछन् । भौतिक सम्पति तथा विलाशि वस्तुको प्रयोग मार्फत अरुको मन आफुतिर लोभ्याउन सकिनेछ । बन्धु बान्धबहरुको सहयोग तथा समर्धन पाईने हुनाले उपलब्धिमुलक कामहरु गर्न सकिनेछ । प्रेम प्रसङमा रमाउँन चाहनेहरुका लागि समयले साथ दिनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई किनारा लगाउँदै नतिजा आफैतिर ल्याउँन सकिनेछ । माया प्रेममा सामिप्यता बढ्नेछ भने पति पत्नि बिच मायाको डोरो कसिलो भएर जानेछ । व्यावसायमा लगानि बढाई आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । पुरानो रोग तथा समस्याहरु स्वत ठिक भएर जानेछन् । मामा तथा मावलिबाट तपाईको काममा सहयोग हुनेछ । पढाई लेखाईमा अरुभन्दा अग्र पंतिमा तपाईको नाम आउँनेछ । अदालतबाट आउँने निर्णयहरु तपाईकै पक्षमा आउँने हुनाले एक किसिमको उमङग शरिरमा आउँनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) व्यापार व्यावसाय फस्टाएर जानेछ भने शिक्षा क्षेत्रमा गरिएको लगानिबाट मनग्गे लाभ हुनेछ । सन्तानको प्रगति देखेर मन रमाउँनेछ भने बंश बृद्धिको गतिलो सम्भावना रहेकोछ । पढाई लेखाई अन्य दिन भन्दा सुधार हुने हुनाले आफन्त हरु खुसि हुँनेछन् । आकस्मिक धन तथा सम्पति लाभ हुने योग रहेको छ । आफुले मन पराएको मानिसबाट उपाहार प्राप्त हुने हुनाले मन प्रशन्न रहनेछ । नयाँ योजनाहरु बनाई कार्यान्वयनको चरणमा लगी सोचेजस्तो आम्दानि गर्न सकिनेछ ।

तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी गणेस काफ्ले

LIVE TV