१८ आश्विन २०७५, बिहीबार

काठमाडौं, १८ असोज । न्युज २४ टेलिभिजनको कार्यक्रम ‘सीधाकुरा जनतासँग’को २८४ औं एपिसोड हो । आजको यस विशिेष एपिसोडमा पनि विभिन्न रिपोर्टहरु प्रस्तुत गएको छ ।

कार्यक्रमको आजको एपिसोडमा इन्टरपोलले रेड नोटिश जारी गरेका करोडौं ठगेर जापानमा बसिरहेका गोविन्द तिवारीको बारेमा रिपोर्ट प्रस्तुत गरिएको छ । त्यस्तै आजकै एपिसोडमा अदालतबाट निर्दोष सावित भईसकेका दिलिपसिंह विष्ट आफैले निर्मलाको बलात्कारपछि हत्या गरेको भन्ने भिडियोको बारेमा रिपोर्ट प्रस्तुत गरिएको छ ।

आजको एपिसोडमा निम्न रिपोर्टहरु प्रस्तुत गरिएको छः

१. गोविन्द तिवारीका संरक्षक तिलक मल्लले ठगेका व्यक्तिहरु हाम्रो सम्पर्कमा

काडमाडौं, १८ असोज । इन्टरपोलले रेड नोटिश जारी गरेका करोडौं ठगेर जापानमा बसिरहेका गोविन्द तिवारीलाई बचाउन जापान स्थित नेपाली दुतावासको पनि संलग्नता देखिएको छ । सीधाकुरा टिम जापानमा छँदा जापानका लागि नेपाली राजदुत प्रतिभा राणाले २ मिनेट फोनमा पनि समय दिईनन् ।

राजदुत राणाले हाम्रो टिमलाई नभेटेपनि जापान प्रहरीको अन्तराष्ट्रिय अपराध हेर्ने ३ जना प्रहरी अधिकारीले हामीलाई गोविन्द तिवारी, तिलक मल्ल र अन्य अपराधमा संलग्न भएका व्यक्तिहरुका बारेमा जानकारी दिए । प्रहरीका अनुसार तिवारीलाई संरक्षण गर्ने तिलक मल्ल विरुद्ध ११ ओटा केश प्रहरीमा छन् ।

२. निर्दोष सावित भएका दिलिपसिंहले आफैले निर्मलाको बलात्कारपछि हत्या गरेको भन्ने भिडियो भाइरल बन्न थालेपछि…

काठमाडौं । गत साउन १२ गते बलात्कारपछि निर्मम हत्या गरिएको अवस्थामा भेटिएको कञ्चनपुरकी निर्मला पन्तको हत्यारा अझैँ पत्ता लागेको छैन । यो बिचमा कञ्चनपुर प्रहरीले दोषी भनी सार्वजनिक गरेका दिलिपसिंह बिष्ट डिएनए नमिलेपछि कञ्चनपुर जिल्ला अदालतबाट निर्दोष साबित भएर छुटिसकेका छन् ।

साथै आशंका गरिएका एसपी डिल्लीराज बिष्ट उनका छोरा किरण बिष्ट र आयुश बिष्टको समेत डिएनए म्याच भएको छैन । अहिलेसम्म सरकारले बनाएको उच्च स्तरिय छानबिन समिति, नेपाल प्रहरीले निर्माण गरेको उच्च अधिकारी संग्लन छानबिन समितिबाट केहि पनि बाहिर आउन सकेको छैन ।

तर घटनाको ६४ दिनपछि डिएनए म्याच नहुँदा निर्दोष सावित भएका दिलीप सिहं बिष्टले आँफुले निर्मलाको बलात्कारपछि हत्या गरेको स्वीकार गरेको भिडियो सार्वजनि भएको छ । सामाजिक सञ्जालमा भाइरल यो भिडियोमा दिलिप सिंह बिष्टले गरेको कुराकानीमा आफुले नै बलात्कार गरेर हत्या गरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV