१८ आश्विन २०७५, बिहीबार

काडमाडौं, १८ असोज । इन्टरपोलले रेड नोटिश जारी गरेका करोडौं ठगेर जापानमा बसिरहेका गोविन्द तिवारीलाई बचाउन जापान स्थित नेपाली दुतावासको पनि संलग्नता देखिएको छ । सीधाकुरा टिम जापानमा छँदा जापानका लागि नेपाली राजदुत प्रतिभा राणाले २ मिनेट फोनमा पनि समय दिईनन् ।

राजदुत राणाले हाम्रो टिमलाई नभेटेपनि जापान प्रहरीको अन्तराष्ट्रिय अपराध हेर्ने ३ जना प्रहरी अधिकारीले हामीलाई गोविन्द तिवारी, तिलक मल्ल र अन्य अपराधमा संलग्न भएका व्यक्तिहरुका बारेमा जानकारी दिए । प्रहरीका अनुसार तिवारीलाई संरक्षण गर्ने तिलक मल्ल विरुद्ध ११ ओटा केश प्रहरीमा छन् ।

हामीले कार्यक्रममा यहि विषयलाई राखेपछि जापानमै रहेका तिलक मल्लले प्रेस विज्ञप्ती जारी गर्दै गलत समाचार प्रशारण गरेको आरोप लगाए । मल्ल तिनै व्यक्ति हुन जसले गोविन्द्र तिवारीबाट ठगिएका सबै व्यक्तिहरुको पैसा दिलाउन सहयोग गर्ने भन्दै पत्रकार सम्मेलननै गरेका थिए ।

यति मात्र होईन तिलक मल्ल र उनका छोरा सुर्दशन मल्लले जापान लगिदिन्छु भन्दै ठेगेका अन्य व्यक्तिहरु हाम्रो सम्पर्कमा आएका छन् । चितवन निवासी मीरा ढुंगाना, नारायण कँडेल र बिष्णु पौडेलले जापान जाने भन्दै तिलक मल्लाका छोरा सुर्दशन मल्ललाई दिएको पैसा अझै फिर्ता पाएका छैनन् ।

उनिहरुले ठगेका अन्य व्यक्ति पनि हाम्रो फोन सम्पर्कमा आएका छन् । पीडितहरुले तिलक मल्लका छोरा सुर्दशन मल्ल विरुद्ध प्रहरीमा निवेदन पनि दियो । स्मरण रहोस् सुर्दशन मल्ल विरुद्ध प्रहरीले डिफ्युजन नोटिश जारी गरेपछि बुवा तिकल मल्लले छोरा सुर्दशनलाई जापानमा संगै राखेका छन् ।

तिलक मल्लले गोविन्द तिवारीको सवै पैसा तिरिदिने भन्दै तत्कालीन माओवादीका नेता सुवास बिकलाई पीडितसवैस“ग काजग गरि चेक दिन लगाए ।

अमृता ढकालसहित अन्य पीडितलाई असार १५ गते भित्र पैसा दिने भनिएपनि अहिले सम्म पैसा दिएको छैन् । सुवास विकले काजग गरे अनुरुप पीडितहरुलाई पैसा फिर्ता नदिएपछि चितवन प्रहरीले उन्लाई चैत्र १ गते पक्रउ ग¥यो । तर उनले फेरी पनि एक महिनामा सबैको पैसा तिर्ने भन्दै प्रहरीको फन्दाबाट फुत्किए ।

अहिले आएर तिलक मल्ल भने पीडितहरुलाई आफुले सुवास मार्फत पैसा दिईंसकेको बताउँछन् । यति मात्र होईन तिलक मल्लका छोरा सुदर्शन मल्ल पीडितहरुलाई मुद्धा गर्न सिकाएको भन्दै अमृता ढकाललाई गाली गलौच गर्दै धम्की दिईरहन्छन् ।

गोविन्द तिवारी र तिलक मल्लबाट ठगिएकाहरु अहिले पनि बैदेशिक रोजगार बिभाग र प्रहरीकोमा धाईरहेका छन् । उता जपानमा तिवारी भने दुतावासमा आफ्नो सम्बन्ध रहेको भन्दै नाच्दै बसेका छन् ।

कतिसम्म भने गोविन्द तिवारीले अमेरिका पठाईदिन्छु भनि ठगेका पोखराकी नीशा केसीलाई भिडियो कलमा राजदुत प्रतिभा राणालाई देखाएको दाबी गर्छन् । यसबाट के प्रष्ट हुन्छ भने नेपाल प्रहरी, बैदेशिक रोजगार विभाग र इन्टरपोलले जापानमा लुकेर बसेका ठगहरु नेपाल पठाउन सहयोग गर्न पटक पटक पठाएको यि पत्रको किन बेवास्ता गरिन्छ ।

उता गोविन्द तिवारी विरुद्ध जारी गरिएको रेड नोटिशमा नेपाल प्रहरीले उनको जन्ममिति नै गलत गरि पठाएपछि उन्लाई खोज्न असजिलो भएको जपान प्रहरीले जनाएको छ । रेड नोटिशमा सन १९८६ डिसेम्बर ६, हुनु पर्ने जन्म मितिमा नेपाल प्रहरीले सन १९८६ डिसेम्बर ५ पठाएपछि तिवारी सजिलै जापानबाट भाग्न सफल भएका हुन् ।

जापान इमिग्रेसनको रेकर्ड हेर्दा तिवारी २०१८ जुन ३ तारिकका दिन जापान छाडेका छन् । त्यसपछि उनि जापान फर्केको रेकर्ड देखिदैन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV