१८ आश्विन २०७५, बिहीबार

अख्तियार दुरुपयोग अनुसन्धान आयोग हाम्रो मुलुकमा छ । काठमाडौंको नक्सालमा रहेको यो विशाल भवनमा एक प्र्र्रमुख आयुक्तसँगै ८ सय कर्मचारी छन् । हजारौ मुद्धाका फाइल रहेको अख्तियारले नयाँ प्रमुख आयुतmका रुपमा नविन कुमार घिमिरेलाई पाएको छ ।

मुलुक भ्रष्टाचारको चङ्गुलमा फसेको कुरा सबलाई थाहा छ । तर समातिने भनेको स, साना कर्मचारी मात्रै हुन् । ४ जना खरिदार, ४ जना नासु, हामीले र अरुले न्युज प्रशारण र फलोअप गरे एकाँध डिजी समातेर अख्तियारलाई पुग्ला ?

जुन देशको सबैभन्दा ठुलो समस्या नै भ्रष्टाचार हो, त्यहि देशको अख्तियार केवल तर्साउने दोबाटोको लाखे जस्तो मात्र भएर पूग्छ ? आफ्नो पदको दुरुपयोग गरि अकुत सम्पत्ती आर्जन गरेकाहरु हुलका हुल छन् । अख्तीयार प्रमुखले सोझो, राम्रो, गुड म्यान भएर आफ्नो कार्यकाल कटाउने हो, कि मुलुकका जुकाहरुलाई सार्वजनिक गर्ने हो ?

यो मुलुकमा डर भन्ने चिज कसैको पनि भएन भने बर्बाद हुन्छ र मुलुकलाई बर्बादीबाट रोक्न सक्ने एउटा शसक्त निकाय हो, अख्तियार दुरुपयोग अनुशन्धान आयोग । महाअभियोग लागेका लोकमान सिंह कार्कीले तर्साउन हो वा वास्तविक कुरा थाहा पाएर हो सबका सबको पोल खोलिदिन्छु भनेका थिए ।

यसको २ वटा अर्थ हुन्छ, एक अख्तियारसँग धेरेको फाइल सुरक्षीत छ जसमा शिर्ष नेताहरु समेत पर्दछन् । २ लोकमान सिहं कार्की सबैलाई तर्साउन मात्र चाहन्थे । उनिसँग कसैको केही प्रमाण नै थिएन । तेस्रो तर्क चाही यो हो कि, यो मुलुकमा चरम भ्रष्टाचार भित्राउनेहरु मंगलग्रहबाट खसेका होइनन्, यसैका हुन् ।

यदि यहाँकै हुन भने अख्तियार कसरी बेखबर ? केही दिन अघि अख्तियार प्रमुखले भन्नुभएको छ कि भ्रष्ट कर्मचारीलाई कारवाही गरे मालपोत र नापी खाली हुन्छ । प्रमुख आयुक्त ज्यु, यति ठुलो इन्फरमेशन पाएर पनि मालपोत र नापी खाली हुन्छ भन्ने पिरले कारवाही नगर्नु भएको हो भने गलत कुरा हो ।

कार्यलय खाली हुन्छ भनेर भ्रष्टाचारीलाई पालिरहनु पर्ने बाध्यता किन प¥यो ? एक दुई कुरा अख्तियार बारे भन्न चाहान्छु । अख्तियारमा कार्यरत कर्मचारी केवल अख्तियारकै लागि हायर गरिदैन्न । अन्य मन्त्रालय अन्तरर्गतका विभाग, कार्यालयका कर्मचारी सरुवा बढुवा, हुने क्रममा अख्तियार आउने हुन र अख्तियार बाटै सरुवा बडुवा भएर अन्य कार्यालयहरुमा जाने हुन् । अख्तियार बाट सरुवा भएर जाने कर्मचारीहरुलाई अख्तियारले कसरी काम गर्छ भन्ने कुरा सबै थाहा हुन्छ र अख्तीयारको आँखा कसरी छल्ने भन्ने पनि राम्रारी थाहा हुन्छ ।

कुनै पनि मुद्धा कसरी कमजोर बनाउने भन्ने थाहा नपाएको कोही छैन । अहिलेकै संरचनामा र यति नै अधिकार दिएर अख्तियारलाई राख्ने हो भने ठुलो माछा त के झिँगा भुसुना, मुसा, साङला समाउने पेष्ट कन्ट्रोल कम्पनी भनेर रिनेम गरिदिए हुन्छ । कार्यकालको समाप्तीमा हरेक आयुतmले सफल कार्यकाल भएको ठानेर पुष्प गुच्छा बोकेर र कदर पत्र बोकेर घर गए होलान तर यो मुलुकका अहिलेसम्मका कुनै अख्तियार प्रमुखले झिंगा,सांगला,मुसा र झुक्किएर भुर्रा माछा मार्नु बाहेक केही गरेको महशुस गर्न सकिएन ।
झुप्रो बाट महलमा पुगेकाहरु र साइकलबाट करोडौंको गाडीमा हामीलाइ्र्र हिलो छ्याप्दै र धुलो उडाउँदै हिड्नेहरुलाई प्रमुख आयुक्त ज्यु र उहाँ मातहतका ८ सय कर्मचारीले देखेनन् भने अख्तियार प्राङगणमा एउटा आँखा शिविर चलाएर उपचार गर्ने सल्लाह दिने दुस्साहस गरे ।

यदि आफ्नै कार्यकालमा बडेमानका भ्रष्टाचारी समाउन नवनियुक्त अख्तियार प्रमुखले भ्याउनु भएन, पाउनु भएन वा आट्नु भएन भने पनि एउटा अनुरोध छ । कृपया प्रमाणहरु सहितका सबका फाइल सुरक्षीत र मजुबत बनाएर राखिदिनु होला । समात्न नसकेपनि फाइल चाँही सुरक्षीत रह्यो भने कुनै दिन एउटा अदम्य साहस बोकेको, आफ्नो भन्दा देशको माया बढी गर्ने, निडर, निर्भिक, युगान्तकारी निर्णय गर्न सक्ने मानिस अख्तियार प्रमुख भएर आउने छ र फाइलमा लागेको धुलो टक्टक्याउने छ ।

देशलाई लुट्नेहरुलाई लाइन लगाएर कालकोठरीमा जाक्ने छ । यस्तो अदम्य साहस बोकेको युग हाँक्ने अख्तियार प्रमुख आँफै बन्ने सुविधा बर्तमान अख्तियार प्रमुख नविन कुमार घिमिरेलाइ्र्र आजै छ, अहिले नै छ । के भन्नुहुन्छ सर ? आट गर्ने हो त ? देशको इतिहासमा आफ्नो नाम सुनौलो अक्षरमा लेख्ने अवसर सवैले सधै पाउदैनन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV