१८ आश्विन २०७५, बिहीबार

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य सामान्य घटेको छ ।

बुधबार ९ सय रुपैयाँले बढेको सुन बिहीबार तोलामा १ सय रुपैयाँले घटेको छ । फाइनगोल्ड बिहीबार ५८ हजार ९ सय रुपैयाँमा कारोवार भएको छ ।

तेजावी सुनको पनि १ सय रुपैयाँले बृद्धि भई ५८ हजार ६ सय रुपैयाँमा खरिदविक्री भएको छ । त्यस्तै चाँदी ७ सय ४५ रुपैयाँमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघले प्रति दश ग्राम फाइन गोल्डको मूल्य ५० हजार ५ सय रुपैयाँ, तेजावी सुनको मूल्य ५० हजार २ सय ४५ रुपैयाँ र चाँदीको मूल्य ६ सय ३९ रुपैयाँ तोकेको छ ।

LIVE TV