१८ आश्विन २०७५, बिहीबार

काठमाडौँ । चलचित्र ‘न यता न उता’को अफिसियल टिजर सार्वजनिक भएको छ । मिराज रोश र विशारद बस्नेतद्धारा निर्देशित चलचित्र कमेडि कथामा आधारित छ । फिल्ममा दुई साथी विदेशबाट नेपाल फर्किएको प्रसंगलाई रमाइलोसँग देखाईएको छ ।

चलचित्रमा समिर दिक्षित, मिराज रोश, ऋचा शर्मा, बुद्धी तामाङ, छुल्ठिम गुरुङ, नम्रता सापकोटा, राजाराम पौडेल, कमल मणी नेपाल लगायत अन्य कलाकारहरुको पनि अभिनय रहेको छ । चलचित्रमा विक्रम स्वरको कोरियोग्राफी, अरोन अशोक कुमारको सिनेम्याटोग्राफीे, मिलन जलन, राजन र सुरज विक्रम थापाको संगीत समाबेश छ । कथा मिराज रोशकै रहेको छ भने संवाद अभिमन्य निरावीको रहेको छ । चलचित्रलाई रिना लामाले निर्माण गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV