१८ आश्विन २०७५, बिहीबार

काठमाडौं, १८ असोज । यो वर्षको दशैंमा मौसम सफा रहनेछ । असोजको अन्तिमबाट सुरु हुने दशैंमा मनसुन नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गर्मीयामको समाप्ती र जाडो सुरु हुनु अगावै दशैं परेकाले वातावरण अनुकुल हुने छ ।

बिहीबार सामान्य पानी परेपनि दशैंमा मौसम सफा रहनेछ । मनसुनलाई प्रभाव पार्ने पूर्वीय वायु क्रमिकरुपमा निष्कृय हुँदै गएका कारण मौसममा सुधार हुनेछ । यसवर्षको असोज २४ गतेबाट नौ रथा सुरु हुनेछ । असोजको अन्तिमबाट सुरु हुने दशैं कात्तिकको पहिलो सातासम्म कायम रहने छ । यो अवधिमा मौसम अनुकुलता कायम रहनेछ । मनसुन प्रभाव पार्ने पूर्वीय वायु निष्क्रिय हुने भएपछि घमाइलो दशैं बन्ने छ ।

केही दिनदेखि मुलुकको पश्चिमी पहाडी भागमा सामान्य वर्षा भएको छ । यो मनसुनको प्रभाव नभई स्थानीय वायुको प्रभाव मात्र भएको मौसम पूर्वानुमान महाशाखाको भनाई छ । तराईका जिल्लाहरुमा गर्मी समेत घट्ने क्रममा रहेको छ । सामान्यरुपमा तापक्रम घट्दै गएका कारण दशैं शितल हुने भएको मौसमविदहरु बताउँछन् । जाडो समेत पूर्णरुपमा सुरु नहुने भएका कारण मौसम अनुकुल रहनेछ ।

सधै हिलाम्मे हुने दशैँको मौसम यो वर्ष भने उचित वातावरणमा मनाउन पाइने भएको हो । मौसम पुर्वानुमान महाशाखाले तीन दिनसम्मको पुर्वानुमान गर्ने भए पनि पछिल्लो मौसमको रेकर्ड हेर्दा सामान्य रहने अनुमान गरिएको हो ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV