१८ आश्विन २०७५, बिहीबार
  • कबिन्द्र शेर्मा,

पाँचथर, १८ असोज । अटोदेखि माटो सम्मको कर सरकारलाई तिर्नु पर्ने हुन्छ । तर पाँचथर जिल्लामा निर्माण भएका ५ वटा जलविद्युत आयोजनाहरुले ५ वर्ष सम्म पनि कर तिरेका छैन् । जलविद्युत आयोजना निर्माण गर्ने बेलामा प्रयोग भएको निर्माणजन्य खनिज पर्दाथको समेत कर नतिरेको भेटिएको छ ।

जलविद्युत निमार्ण गर्ने क्रममा निमार्णजन्य खनिज पदार्थ प्रयोग गर्दा बिक्री कर स्थानीय स्वायत शासन ऐन र नियमावली बमोजिम लाग्ने १० करोड बराबरको राजश्व नबुझाएको हो । पाँचथर जिल्लामा बनेको पाँचवटा जलबिद्युत आयोजनाले निमार्णका क्रममा प्रयोग गरेको ढुङ्गा, गिटी र बालुवा लगायतको सामग्रीको राजश्व नबुझाएका हुन् ।

आयोजना सुरु भएको पाँचबर्ष बितिसक्दा पनि आयोजनाले राजस्व नबुझाएका हुन । प्रत्येक बर्ष स्थानीय सामग्री प्रयोग गरेबापत रावश्व बुझाउनु पर्ने हो । तर अधिकांश आयोजनाले निमार्णको अन्तिम चरणमा पुग्दा पनि राजश्व रकम बुझाउन पटकपटक ताकेता गर्दा समेत अटेर गर्दैआएको जिल्ला समन्वय समिति प्रमुख बिष्णु सापकोटाको भनाइ छ ।

३अर्ब ७० करोड लगानीमा २१ मेघावाटको तल्लो हेवाखोला जलबिद्युत, हिलेहाङ गाँउपालिकाको अम्मरपुरमा ४ अर्बको २५ मेगावाटको काबेली बि वान र एक अर्ब ६० करोड लगानीमा ९ दशमलव ९ मेगावाट क्षमताको इवाखोला जलबिद्युत ९७ प्रतिशत बनिसके पनि राजश्व भने बुझाएका छैनन् । त्यसैगरी फिदिम नगरपालिका र हिलेहाङ गाँउपालिकामा पर्ने २ अर्व ५० करोड लगानीको १४ मेगावाटको माथिल्लो हेवाखोला जलबिद्युत उत्पादन सुरुभएको एक बर्ष भैसक्दा पनि राजस्व बुझाएको छैनन् ।

हिलेहाङ गाँउपालिकाको अम्मरपुरमा १० अर्ब लगानीमा ३७ मेघावाटको काबेली ए को निमार्ण कार्य जारी छ । बिद्युत संचालकहरु भने राजश्व बुझाउन आनाकानी गर्दैआएका छन् । पूर्वाञ्चलको १० जिल्लाबाट ३१ वटा जलविद्युत आयोजना निर्माणाधीन रहेका छन् । उक्त आयोजनाबाट ४ सय ७० मेगावाट भन्दा बढी विद्युत उत्पादन हुदैछ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV