१८ आश्विन २०७५, बिहीबार

विराटनगर, १८ असोज । एक नम्बर प्रदेशको राजधानी र नामाकरण बारे छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक शुरु भएको छ ।

 प्रदेशको राजधानी र नामाकरण बारे सत्तारुढ दल नेकपाले संसदीय दलको बैठक बोलाएपछि नेपाली कांग्रेसको धारणा बनाउन बैठक बोलाएको नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले जानकारी दिनुभयो । एक नम्बर प्रदेश सरकारले प्रदेशको राजधानी र नामाकरण बारे अहिले सम्म प्रदेश सभामा प्रस्ताव भने पेश गरेको छैन ।

प्रदेशको राजधानी बारे विराटनगर, इटहरी, धरान र धनकुटा बारे विवाद बढ्दै गएपछि सत्तारुढ दल र प्रतिपक्षी दलले बैठक बोलाएको हो । एक नम्बर प्रदेश सभामा सत्तारुढ दल नेकपाको ६७, नेपाली कांग्रेसको २१, संघीय समाजवादी फोरमको ३, राप्रपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मंचको एक एक जना सांसद रहेका छन् । प्रदेश राजधानी र नामाकरण बारे दुई तिहाई भन्दा बढी सदस्य रहेको सत्तारुढ दल नेकपामा एक मत हुन नसकेकाले अन्य दलको सहयोग आवश्यक हुन्छ ।

संघीय समाजवादी फोरमका संसदीय दलका नेता जयराम यादवले भने प्रदेशको राजधानी र नाम बारे सामान्य छलफल भएको र प्रदेश सरकारले प्रस्ताव ल्याएपछि निर्णय गरिने जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV