१८ आश्विन २०७५, बिहीबार

काठमाडौ । अभिनेत्री परमिता राणाको २५ औँ जन्मदिनको पार्टीमा परमितालाई उनको प्रेमीले औँठी उपहार दिएका छन् । औँठी लगाइदिएको फोटो र भिडियो बाहिरिए पछि मिडियामा परमिताको इन्गेजमेन्ट भयो भन्ने समाचारहरू पनि आए तर परमिताले भने आफ्नो इन्गेजमेन्ट नभएको बताएकी छिन् ।

उनले आफ्नो फेसबुकमा समेत स्टाटस लेख्दै प्रेमी हिसी लोसागले औँठी उपहार मात्र दिएको तर इन्गेजमेन्ट नभएको बताएकी छिन् । परमिता र आयुष्मान लामो समयसम्म एक अर्काको प्रेम सम्बन्धमा समेत थिए ।

यही वर्ष अभिनेता आयुष्मान देशराज जोशी र प्रियङ्का कार्कीले इन्गेजमेन्ट गरेका छन् । यहि कारण परमिताले पनि इन्गेजमेन्ट गरिन होला भन्ने आकलन धेरैले गरेका थिए । तर इन्गेन्टमेन्ट हुन अझै समय बाँकी रहेको र कम्तीमा १० वर्ष लाग्ने बताएकि छिन् ।

LIVE TV