१८ आश्विन २०७५, बिहीबार

विराटनगर, १८ असोज । एक नम्बर प्रदेश सभामा पेश गरिएको प्रदेश सभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक दफावार छलफलका लागि न्याय प्रशासन तथा विधायन समितिमा पठाइएको छ ।

बिहीवार बसेको प्रदेश सभा बैठकमा आन्तरिक मामिला तथा कानुन मंत्री हिक्मत कार्कीले सो विधेयक समितिमा पठाउन प्रस्ताव गर्नुभयो । असोज २ गते प्रदेश सभामा पेश गरिएको सो विधेयक माथि सांसदहरुले संशोधन हालेपछि दफावार छलफलका लागि समितिमा पठाइएको हो । विधेयकमा प्रदेश सभाको सचिवको हैसियत प्रदेशको प्रमुख सचिव सरह रहने व्यवस्था गरिएको छ ।

अहिले प्रदेश सभा सचिवालयमा संघीय सरकारले पठाएका निजामति कर्मचारीहरुबाट काम कारवाही सुचारु हुदै आएको छ ।

LIVE TV