१८ आश्विन २०७५, बिहीबार

काठमाडौं, असोज १८ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का विद्यार्थी संगठनले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई तत्काल वर्खास्त गर्न माग गरेका छन्। नेकपाको विद्यार्थी संगठन अखिल र अखिल (क्रान्तिकारी) ले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको राजीनामा माग गर्दै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लार्इ ज्ञापन पत्र बुझाएको छ ।

बिहीबार दिउँसो गृहमन्त्रालयमा पुगेर प्रतिनिधिसभा सदस्य तथा अखिलकी अध्यक्ष नविना लामा र क्रान्तिकारीका अध्यक्ष रंजित तामाङले थापालाई ज्ञापनपत्र बुझाउँदै आईजिपी खनालको राजीनामा माग गरेका हुन् ।

जनताको जीउ धनको सुरक्षामा सिंगो प्रहरी संरचनालाई प्रभावकारी बनाउन असक्षम रहेकोले आईजीपी खनालको राजीनामा मागिएको अखिलका नेता आरसी लामिछानेले बताए ।ज्ञापनपत्रमा निर्मला पन्तको बलात्कार तथा हत्यामा संलग्न भएका सबैलाई तत्काल कारवाहीको दायरामा ल्याउन र छानबिन समितिको निष्कर्ष सार्वजनिक गर्न पनि माग गरिएको छ।

जवाफमा गृहमन्त्री थापाले निर्मला पन्तको हत्यारा अझैँ पत्ता लाग्न नसकेकोमा सरकार चिन्तित रहेको बताएका थिए।निर्मला बलात्कार प्रकरण, एसिड प्रकरण लगायतमा प्रहरी चुकेको विद्यार्थी नेताहरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV