१८ आश्विन २०७५, बिहीबार

एजेन्सी । चीनकी एक चर्चित अभिनेत्री अभिनेत्रीलाई करछली मुद्दामा करिब १३ करोड अमेरिकी डलर बराबर जरिवाना भएको छ। चिनियाँ अभिनेत्री फान बिङबिङलाई करछली अभियोगमा १२ करोड ९० लाख अमेरिकी डलर जरिवाना तिर्न आदेश भएको हो।

चीनियाँ चलचित्र उद्योगमा धेरै पारिश्रमिक पाउने अभिनेत्रीमध्येकी एक फानमाथि यत्ति ठूलो जरिवानाको फैसला भएको हो। यसअघि चलचित्रकर्मीमाथि यत्ति ठूलो रकम जरिवाना भएको थिएन्।

चलचित्रका केही कलाकारमाथि ‘यिन–याङ सम्झौता’ अन्तर्गत पारिश्रमिक लिने गरेको आरोप छ । सो सम्झौता अनुसार कलाकारहरूले लिने वास्तविक सम्झौता एउटा भएपनि कम पारिश्रमिक देखिने अर्को सम्झौता हुन्छ । एक्स– मेन र आइरन म्यान फिल्म फ्र्यान्चाइजमा देखा परेकी ३७ वर्षीया यी अभिनेत्री जुलाई १ देखि सार्वजनिक रूपमा देखा परेकी छ्रैनन् ।

बुधवार सामाजिक सञ्जाल वेइबोमा आफ्ना दशौं लाख प्रशंसकसँग क्षमायाचना गर्दै उनले लेखेकी छन्, ‘यसअघि नभोगेको पीडाबाट म अहिले गुज्रिरहेकी छु । मैले जे गरेकी छु त्यसका लागि म लज्जित छु । म सबैसँग क्षमायाचना गर्छु । कर अधिकारीहरूले छानबिनपछि गरेको दण्ड जरिवानालाई म पूर्ण रूपमा स्वीकार गर्दछु । म कानुनको पालना गर्नेछु, कठिनाइबाट पार पाउने सक्दो प्रयास गर्नेछु, रकम संकलन गर्नेछु, कर र जरिवाना तिर्नेछु ।’

आफ्नो वक्तव्यमा फानले सत्तारूढ चिनियाँ कम्युनिस्ट पार्टीको पनि प्रशंसा गरेकी छन् । फानको प्रतिनिधिलाई थप अनुसन्धानका लागि थुनामा राखिएको छ । भ्रष्टाचार अथवा करछलीको आरोपमा बेपत्ता हुने फान चिनियाँ राजनीति बाहिरकै ठूलो व्यक्तित्व हुन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV